इराकस्थित बगदादबाट अमेरिकी पत्रकारको अपहरण
काठमाडौंं– इराकको राजधानी बगदादबाट एक अमेरिकी महिला पत्रकार अपहरणमा परेकी छन् ।
इराक र अमेरिकी अधिकारीहरुले इरान समर्थित मिलिसियाले उनको अपहरण गरेको आशंका छ ।

अमेरिकी फ्रीलान्सर पत्रकार शैली किटलसन मंगलबार साँझ अपहरणमा परेको बताइएको छ ।
इराकी गृह मन्त्रालयले अपहरणकारीलाई पछ्याउने क्रममा एकजनालाई पक्राउ गरिएको छ । अपहरणकारीहरु इरान समर्थित कताइब हिज्बुल्लाह मिलिसियासँग आबद्ध छन् ।
![]() |
![]() |
![]() |
|---|
पछिल्लो समय इरानको पक्षमा इराकका इस्लामिक मिलिसियाले पनि अमेरिकी ठेगानाहरुमाथि हमला गरिरहेका छन् ।



