प्रहरी रिपोर्टका नाममा दैनिक साढे ४१ लाख युएईले लैजान्छ, तत्काल पहल गरेर हटाउव्यवसायी– कामदारलाई नै झन्झटिलो र खर्चिलो (भिडियोसहित)
काठमाडौं–युएई जाने नेपाली श्रमिकलाई प्रहरी रिपोर्ट झन्झटिलो र खर्चिलो बनेको छ । जसका कारण यूएईको रोजगारीको आकर्षण समेत घट्न थालेको छ ।

जेनजी आन्दोलनपछि युएईले नेपाली श्रमिकका लागि प्रहरी रिपोर्ट अनिवार्य गरेपछि सो प्रक्रिया झन्झटिलो र खर्चिलो बनेको हो । भिसामा कडाइ गर्दा श्रमिकहरू जान सकिरहेका छैनन् भने अर्कोतिर चर्को शुल्क लिएर श्रमिकमाथि आर्थिक भार थुप्रिरहेको छ ।
वैदेशिक रोजगारीका लागि यूएई जाने श्रमिकहरूलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्दा ३ सय ५३ दिराम गर्न १४ हजार २ सय रूपैयाँ भन्दा बढी शुल्क लिने गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
त्यसका लागि ठमेलस्थित छायाँ सेन्टरमा भीएफएसमा ३५३ दिराम बुझाउनुपर्ने हुन्छ । नेपाली श्रमिकले प्रहरी प्रतिवेदन प्रमाणीकरणका नाममा उक्त शुल्क तिर्नुपरेको हो ।
भिडियोसहित
यहाँबाट भिसा प्रमाणिकरण गरेको रिपार्टमा पनि ५० प्रतिशत भिसा नलाग्ने गरेको व्यवसायीको गुनासो छ । जेनजी आन्दोलनपछि भिसामा कडाइ गरेको यूएईले पछि भिसा सहज बनाउँदै प्रहरी रिपोर्टको प्रमाणीकरण अनिवार्य गरेको थियो ।
Image Source: © https://mulpatra.com
यसअघि प्रहरी रिपोर्टलाई परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेर सोही आधारमा भिसा लिने गरिएको थियो । त्यसका लागि ५ सय रूपैयाँ शुल्क थियो ।
यूएईस्थिथत नेपाली राजदूत तेजबहादुर क्षत्रीले भिसामा भएको रोकावटबारे दूतावासलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिदै आएका छन् । उनले कुटनीतिक पहल नगर्दा यूएई जाने कामदार दैनिक ठगिने गरेका छन्
हाल दैनिक २ जना कामदार यूएईका लागि भीएफएस आवेदन दिँदा दैकिन साढे ४१ लाख पैसा खर्चिनु परेको छ । यसकैका आधारमा हर्ने हो भने यूएई वार्षिक १ लाख ५० हजारभन्दा बढी कामदार गए भने साढे २ अर्बभन्दा बढी पैसा पनि बाहिरिने देखिन्छ ।
क्षेत्रीले परराष्ट्रले कुटनीतिक पहल गर्ने दिएको निर्देशनअनुसार कुटनीतिक छलफल गर्न नसक्दा यूएईको रोजगारी समस्या सिर्जना भइरहेको छ । यसका लागि श्रम र परराष्ट्र मन्त्रालयले यूएईस्थित नेपाली दूतावासमार्फत कुटनीतिक छलफल गर्नुपर्ने देखिन्छ ।
वर्किङ भिसाका लागि समेत कडाइ गरेको छ । तत्कालको प्रहरी रिपोर्टका आधारमा यसअघि नै भिसा जारी भइसकेका मात्रै जान सकिरहेका छन् भने नयाँ माग ल्याएर जान पाइरहेका छैनन् ।
यस विषयमा क्षेत्रीले चासो नदिँदा यूएईको रोजगारीमा समस्या देखिएको एक म्यानपावर व्यवसायी आरोप लगाए । उनका अनुसार क्षेत्रीले यूएईको रोजगारी खुलाउन कुनै कुटनीतिक पहल नगर्दा त्यहाँको भिसामा समस्या देखिएको हो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



