Close

Recent Posts

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

प्रसाईको एजेण्डा सुनुवाइ सुरु, ८ महिनामा ११ हजार कर्जा ऋणी कालोसूचीबाट हटायो

प्रसाईको एजेण्डा सुनुवाइ सुरु, ८ महिनामा ११ हजार कर्जा ऋणी कालोसूचीबाट हटायो
  • १८ चैत्र २०८२, बुधबार १५:२१

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म ११ हजार १०१ ऋणी कालोसूचीबाट हटाएको छ । कर्जा सूचना केन्द्रका अनुसार आव २०८१–८२ मा १४ हजार ४२४ जना कालोसूचीबाट बाहिरिएकोमा चालु आवको आठ महिनामै ११ हजार १०१ जना बाहिरिएका छन् ।

mulpatra

चालु आवको फागुनसम्ममा भने १ लाख ४१ हजार ऋणी कालोसूचीमा परेका छन् ।
कालोसूचीमा पर्ने ऋणीको तुलनामा सूचीबाट मुक्त हुने ऋणीको संख्या न्यून छ । अहिले ब्याजदर घटेकै कारण ऋण तिर्न सहज भएको र केही ऋणीहरूले ऋण तिरेर कालोसूची हट्दै गएको हो ।

कालोसूचीमा पर्ने संख्याको तुलनामा भने ३२.११ प्रतिशत ऋणीमात्रै सूचीबाट बाहिरिएको कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले बताएका छन् ।

mulpatra mulpatra mulpatra

उनका अनुसार ऋण नतिरेमा र चेक बाउन्स भएमा कालोसूचीमा राख्ने व्यवस्था छ । पहिले चेक बाउन्समा धेरै मानिस कालोसूचीमा पर्ने गरेकोमा पछिल्लो समय ऋण नतिरेका कारण कालोसूचीमा पर्नेहरू बढी छन् ।

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले समेत बैंक, वित्तिय संस्था तथा अन्य लघुवित्तको ऋणीलाई कालोसूचीबाट हटाउन माग राख्दै आएका थिए । उनले गत पुसमा सरकारसँग भएको सहमतिमा पनि बैंक, वित्तिय संस्था तथा अन्य लघुवित्तको ऋणीलाई कालोसूचीबाट हटाउन सम्झौता गरेका थिए ।

४ वर्ष यता प्रसाईले बैंक, वित्तिय संस्था तथा अन्य लघुवित्तको ऋणीलाई कालोसूचीबाट हटाउन माग गदै सडक आन्दोलन समेत गरेकाल थिए । अहिले उनकै आन्दोलनका कारण चालु आर्थिक वर्षको फागुनसम्म ११ हजार १०१ ऋणी कालोसूचीबाट हटेको राष्ट्र बंैंक कर्मचारीको दाबी छ ।

Image Source: © https://mulpatra.com

प्रसाईले करिब १० लाख उद्यमी भएको देशमा डेढ लाखभन्दा बढी कालोसूचीमा राखिनु स्वाभाविक नभएको बताउँदै आएका छन् । सोही अनुसार सरकारले ऋणीलाई कालोसूचीबाट हटाउन थालेको हो ।

पछिल्लो समय गभर्नर विश्व पौडेलले कालोसूचीमा लचकता अपनाएर व्यवसायीलाई ऋण लिन सहज बनाउने बताउँदै आएका छन् । यसका लागि नीतिगत रुपमै लचकता अपनाउने तयारीमा राष्ट्र बैंक छ ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा पनि बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात तथा गैरबैंकिङ सम्पत्ति र कालोसूचीमा पर्नेहरूको संख्या बढ्दै गएकोले सजग रहनु पर्ने स्थिति रहेको उल्लेख गरेको थियो । सोहीअनुसार राष्ट्र बैंकले आफ्ना नीतिहरूमा लचकता अपनाउँदै आएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com