युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफनिर्देशक गौलीको आंतकको मारमा म्यानपावर र कामदार, कर्मचारीलाई धम्क्याउछन् म्यानपावर पनि (भिडियो )
काठमाडौं– वैदेशिक रोजगार विभागले रोजगारदाता कम्पनीको अध्ययन नै नगरी इमेलका आधारमा व्यक्तिगत भिसा जारी गदै आएको छ । व्यक्तिगत भिसामा मलेसिया, खाडी, युरोप र अफ्रिकी देश वैदेशिक रोजगारीमा केही व्यक्ति र म्यानपावरले नै कामदार पठाउँदै आएका छन् ।

विभागकै तथ्यांकमा युरोपेली देश, एशियाली देश, अफ्रिका, जापान, क्यानडा, मलेसिया र खाडीका देशमा नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर गइरहेको देखिन्छ । यी देशबाट आएका डिमाण्ड प्राय इमेलकै भरमा विभागले श्रम स्वीकृति जारी गदै आएको छ । यसको मुख्य समस्या भनेको सरकारले संस्थागत युरोप र अफ्रिकी देश जाने कामदारका हकमा श्रम स्वीकृति नखुलाउनु नै हो । जसको चपेटामा वैदेशिक रोजगार विभाग र म्यानपावर व्यवसायी परेका छन् ।
कतिपय शैक्षिक परामर्शदाताका हैसियतमा दर्ता भएका एजुकेसन कन्सलट्यान्सी, तालिम केन्द्रदेखि ट्राभल्स एजेन्सीले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा कामदार पठाइरहेको उजुरी समेत विभागमा आउने गरेका छन् । व्यक्तिगत भिसामा दैनिक ५ सयभन्दा बढी विभिन्न देश श्रम स्वीकृति लिइर गइरहेको विभागकै तथ्यांकमा छ । व्यक्तिगत भिसा प्राय इमेलकै आधारमा जारी गरिन्छ ।
![]() |
![]() |
![]() |
|---|
वैदेशिक रोजगार क्षेत्रका केही व्यवसायीले वैदेशिक रोजगार विभागकै महानिर्देशक मिरा आचार्यले इमेलमार्फत व्यक्तिगत भिसामा कामदार पठाउँदै आएका म्यानपावर कम्पनीलाई मानव तस्करी मुद्दामा फसाइदिने धम्की दिएको आरोप लगाएका छन् । वैदेशिक रोजगार ऐनमा व्यक्तिगत भिसा इमेलकै आधारमा जारी गर्ने व्यवस्था छैन । तर इमेलकै भरमा व्यक्तिगत श्रम स्वीकृति जारी भइरहेको छ ।
व्यवसायीहरूले उक्त घटनाले प्रशासनिक अधिकारको दुरुपयोग भएको आशंका व्यक्त गर्दै सम्बन्धित निकायबाट निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् । इमेलकै आधारमा व्यक्तिगत भिसा जारी गरे कामदार पठाउँदै आएका म्यानपावर कम्पनीलाई विभागकै महानिर्देशक मिरा आचार्यले फोन गरेर फ्रिमा युरोप कामदार नपठाए व्यक्रिगत भिसामा कामदार पठाएको भन्दै मानव तस्करीको मुद्धा हालेर फसाइदिने धम्की दिने गरेको धेरै धेरै म्यानपावर व्यवसायीहरुको गुनासो छ ।
यस विषयमा सोध्न फोन गर्दा महानिर्देशक आचार्यले केही प्रतिक्रिया दिइन् । व्यक्तिगत ठगि रोक्न विभागकी महानिर्देशक आचार्यलाई दबाब पनि छ । सबैभन्दा बढी व्यक्तिगत ठगिका मु्द्धा आउन थालेपछि अथवा म्यानपावर व्यवसायी नै संलग्न भएपछि यो कदम चलेको हुनसक्ने बुझिन्छ ।
Image Source: © https://mulpatra.com
वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावर पनि सकेजति लागत खर्चका नाममा पैसा असुल्ने गरेको उजुरी विभागमा परेका छन् । जसका कारण पनि विभागका महानिर्देशकलाई व्यक्रिगत ठगि रोक्न चुनौती समेत बढेको छ । तर सरकारले युरोप र अफ्रिकी देश जाने कामदारको लागत खर्च तोक्र्दैन । अहिलको मुख्य समस्या भनेको पनि यही हो । जसका कारण पनि व्यक्तिगत भिसाको ठगि बढेको हो ।
सरकारले व्यक्तिगत श्रम स्वीकृतिलाई बढावा दिइरहेको आरोप वर्षेनी लाग्छ । व्यक्तिगत श्रम स्वीकृतिमा जाँदा कामदार अत्यन्तै जोखिममा परेर असुरक्षित हुने गरेको म्यानपावर व्यवसायीहरूको आरोप छ । विकाशित देश कामदार पठाउने प्रबन्ध गर्न पटक–पटक सरकारी निकायसँग माग गरे पनि मागपत्र प्रमाणीकरणको काम सहजीकरण नगरेको आरोप म्यानपावर व्यवसायीले लगाउँदै आएका छन् ।
(सम्बन्धीत भिडियो)
वैदेशिक रोजगार विभागको काम नियमन गर्ने हो । कानुनभन्दा बाहिर गएर विभागका कर्मचारीले कसैलाई नकारात्मक रुपमा बोलेजस्तो आफुलाई नलागेको युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।
निर्देशकले समस्या सिर्जना गदै, म्यानपावरपनि उस्तै
विभागको काम नियमन गर्ने हो । नियमनको पनि सिमा नाघेको म्यानपावर व्यवसायीको गुनासो छ । उता वैदेशिक रोजगार विभाग राहत तथा उद्धार शाखाकी निर्देशक कृष्ण कुमारी गौलीले कामदारले म्यानपावरसँग यति रकम फिर्ता मिल्छु भन्दा पनि बीच बसेर कानुन विपरित काम गरिरहेको आरोप दैनिक बढ्दो छ ।
कुनै समस्यामा परेको कामदार वैदेशिक रोजगारीबाट फर्किएर विभागमा उजुरी दियो भने गौलीले कामदारलाई यति पैसा माग्ने अथवा यति पैसा लिएर तिमीहरु ठग म्यानपावर कामदार पठाएको भन्दै गाली गर्ने गरेको म्यानपावर व्यवसायीको गुनासो छ ।
पीडित स्यंम कामदारले म्यानपावर सञ्चालक यति पैसा दिए मिल्छौ भनेपनि ज्ञवाली यति पैसा लिनु अथवा दिनु भने दुवै पक्षलाई कानुनी धम्की दिने गरेको म्यानपावर व्यवसायीकै गुनासो छ । उनले कामदारसँग यति पैसा लिएकै हो भन्दै म्यानपावर दलाल ठग जस्तो शब्द प्रयोग गर्नेगरेको उनीहरुको गुनासो छ ।
वैदेशिक रोजगारीका क्रममा ठगिएका, समस्या परेका र उद्धार गरिएका कामदारले दिएको उजुरीमा अटेर गरी म्यानपावर सञ्चालकले उल्टो धम्क्याउने गरेको विभागका कर्मचारीको गुनासो छ । सामान्य मुद्धामा फोन गर्दा कर्मचारीलाई अर्को रुपमा व्यवसायीले हेर्ने गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा ठगिएका कामदारको समस्या समाधान गर्न पहिला सुझाव दिँदा कर्मचारीलाई उल्टो हप्काएपछि विभागका कर्मचारी पनि आक्रोश हुने गरेको बताउँछन् ।
पछिल्ला वर्षहरूमा व्यक्तिगत भिसामार्फत वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्दै गएको देखिएको छ । जसका कतिपय म्यानपावरले नै कामदार समेत पठाउँदै आएका छन् । सरकारले संस्थागत नखुलाउँदा म्यानपावर कम्पनीले व्यक्तिगत भिसामा कामदार पठाउन बाध्य छन् ।
व्यक्तिगत भिसामा जाने कामदारको सुरक्षा, वैधानिक प्रक्रिया, अभिमुखीकरण तथा सरकारी निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएपनि अहिलेसम्म सरकारले चासो दिएको छैन ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



