Close

Recent Posts

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड
  • १० असार २०८३, बुधबार १५:१४

काठमाडौं– विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

mulpatra

बुधबारको नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले चालु आर्थिक वर्षको भन्दा १० करोड कमको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको ठूलो हिस्सा पूर्वाधार विकासका लागि विनियोजन गरेको छ । महानगरपालिकाले पूर्वाधारतर्फ १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ छुट्याएको छ ।

mulpatra mulpatra mulpatra

जसमा वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख र नगरस्तरीय योजनाका लागि ६० करोड रुपैयाँ खर्च गरिनेछ । बहुवर्षीय तथा गौरवका आयोजनाका लागि १५ करोड र पुराना दायित्व भुक्तानीका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सामाजिक विकासतर्फ महानगरले २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको छ । शिक्षामा १० करोड ९ लाख र स्वास्थ्यमा ७ करोड ३ लाख रुपैयाँ छुट्याएको छ ।

आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरेको छ । कृषि विकासमा ४६ लाख र पशु स्वास्थ्यतर्फ १ करोड ४२ लाख रुपैयाँ छुट्याइएको छ ।

Image Source: © https://mulpatra.com

महानगरले सुशासन र संस्थागत विकासका लागि २ करोड ९३ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको छ । फोहोरमैला व्यवस्थापनका लागि १ करोड २८ लाख रुपैयाँ छुट्याएको छ । प्रशासनिक खर्च र कार्यालय सञ्चालनका लागि ७६ करोड २८ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

आन्तरिक स्रोतको अनुमान अत्यधिक

महानगरले कुल बजेटको स्रोत मध्ये १ अर्ब २७ करोड २० लाख रुपैयाँ आन्तरिक आयबाट संकलन गर्ने लक्ष्य लिएको छ । बाँकी स्रोतका रूपमा सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्वा बाँडफाडका छन् ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँको आन्तरिक आयको अनुमान गरेको थियो । तर, जेठ अन्तिमसम्म ४४ करोड ८५ लाख ९२ हजार १७ रुपैयाँ मात्रै आम्दानी भएको छ । आर्थिक वर्षको असार मसान्तसम्म लक्ष्य भेट्न सक्ने अवस्था छैन । नयाँ आर्थिक वर्षको लक्ष्य पनि भेट्न कठिन रहेको महानगरका कर्मचारी बताउँछन् ।

महानगरले सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान ३३ करोड ४३ लाख, सशर्त अनुदान ७३ करोड २९ लाख, सशर्त अनुदान पुजीगत ५६ लाख गरी सङ्घीय सरकारबाट १ अर्ब ७ करोड २८ लाख अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट आय हुने अनुमान गरेको छ ।

प्रदेश सरकार समानीकरण अनुदान ३ करोड ६२ लाख ५० हजार, सशर्त अनुदान प्रदेश सरकार सशर्त चालु ४ करोड १ लाख २४ चौबिस हजार, सशर्त अनुदान पुँजीगत तर्फ रु ६ करोड ६३ लाख गरी प्रदेश सरकारबाट जम्मा १४ करोड २६ लाख ७४ हजार आय हुने अनुमान छ ।

बाँडफाँडबाट प्राप्त हुने राजस्व मध्ये सवारी साधन कर बापत ३ करोड ८ लाख, मनोरञ्जन करबाट ४० लाख विज्ञापन करबाट ६० लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुर बापत ६७ करोड ९५ लाख ७९ हजार ३ सय ८५, मुल्य अभिवृद्धि करबाट १५ करोड ३९ लाख २८ हजार ९ सय ६१, अन्तःशुल्क बापत ५ करोड १३ लाख ९ हजार ६ सय ५४ गरी ९२ करोड ५६ लाख १८ हजार राजस्व बाँडफाँडबाट आय हुने अनुमान गरेको छ । बजेट स्रोतको अनुमानमा बैंक मौज्जात बापतको १४ करोड गरी कुल ३ अर्ब ५६ करोड ४७ लाख आय अनुमान छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com