Close

Recent Posts

कुवेतबाट ४ महिलासहित ९ नेपालीको शव नेपाल ल्याइयो

कुवेतबाट ४ महिलासहित ९ नेपालीको शव नेपाल ल्याइयो
  • १९ चैत्र २०८२, बिहीबार १०:५२

काठमाडौं– कुवेत एअरवेजले हिजो बेलुकी ल्याएको ९ नेपाली शवमध्ये चार जना महिला छन् ।

mulpatra

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ अवतरण गरेको कुवेत एयरको उडान नम्बर केयु ५३९३ विमानमा ३१६ जना नेपाली नागरिकलाई पनि ल्याइएको थियो ।

नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागले सम्बन्धित व्यक्तिको घरसम्म पुर्याएर नजिकको नातेदारलाई बुझाउने व्यवस्था गरेको बताइएको छ । ल्याइएका शवमध्ये दाङका खुशीराम चौधरी, उदयपुरकी कोपिला थामी र सल्यानका कृष्ण रामजा बुढाको हो ।

mulpatra mulpatra mulpatra

अन्य शवमा सिन्धुलीकी मञ्जु मोक्तान पाख्रिन, सिरहाका रमेशकुमार मोची, लमजुङका रमेश नेपाली, सिन्धुपाल्चोककी सम्झना गोले, सुर्खेतकी यमुना सुनार र खोटाङका वसन्त राई भएको बताइएको छ ।