इरानले आफनो सेनालाई अमेरिकाको भर छैन भन्दै सचेत बस्ने आग्रह

इरानले आफनो सेनालाई अमेरिकाको भर छैन भन्दै सचेत बस्ने आग्रह
  • ६ बैशाख २०८३, आईतवार ११:००

काठमाडौं– इरान र अमेरिकाबीचको तनाव थप चुलिएको छ । इरानले अमेरिकामाथि पूर्ण अविश्वास व्यक्त गर्दै होर्मुज स्ट्रेटबाट आफ्ना जहाजहरू निस्कन नपाए अन्य कुनै पनि देशका जहाजलाई त्यहाँबाट जान नदिने चेतावनी दिएको छ ।

mulpatra

शनिबार इरानले होर्मुज स्ट्रेट पुनः बन्द गर्नुका साथै भारतीय जहाजमाथि समेत गोली चलाएको थियो । यसले विश्वव्यापी आपूर्ति शृङ्खलामा थप सङ्कट निम्त्याउने संकेत गरेको छ ।

बारुदी सुरुङ नहटाउन इरानी चेतावनी

mulpatra mulpatra mulpatra

इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाको नाकाबन्दीलाई ‘गलत’ भन्दै जुनसुकै बेला परिस्थिति बिग्रन सक्ने र त्यसका लागि इरानी सेना पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले होर्मुजमा बारुदी सुरुङ हटाउने काम गरिए त्यसलाई युद्धविरामको उल्लङ्घन मानिने र कडा जवाफ दिइने चेतावनी दिएका छन्।

गालिबाफले अमेरिका हतियारमा बलियो भए पनि रणनीतिक रूपमा इरानसामु कमजोर रहेको र अमेरिकाले इजरायलको हितमा मात्र निर्णय लिने गरेको आरोप लगाए।

इरानसँग कति हतियार बाँकी छ ?

Image Source: © https://mulpatra.com

यसैबीच, अमेरिकी गुप्तचर निकाय र न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, यति ठूलो युद्धका बाबजुद इरानको सैन्य भण्डार सुरक्षित छ । इरानसँग अझै पनि युद्धअघिको ७० प्रतिशत ब्यालेस्टिक मिसाइल, ६० प्रतिशत मिसाइल लन्चर र ४० प्रतिशत ड्रोन भण्डार सुरक्षित रहेको बताइएको छ।

उता, इरानले अस्पतालहरूमा अमेरिकी र इजरायली आक्रमणबाट भएको क्षतिको नयाँ भिडियो सार्वजनिक गर्दै विरोध जनाएको छ।

अमेरिकामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै इरानले महत्त्वपूर्ण व्यापारिक मार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ।

विश्वव्यापी प्रभाव

होर्मुज स्ट्रेट बन्द हुँदा यसको प्रत्यक्ष मार बङ्गलादेश जस्ता देशमा परेको छ। ९५ प्रतिशत इन्धन आयातमा निर्भर बङ्गलादेशमा गहिरो इन्धन सङ्कट देखिएको छ। पेट्रोल पम्पहरूमा घन्टौँ लामा लाइन छन् भने सरकारले ऊर्जा बचाउन विश्वविद्यालयहरू बन्द गर्नुका साथै कार्यालय समयसमेत कटौती गरेको छ।

विश्वव्यापी आपूर्ति सङ्कट टार्न अमेरिकाले आफ्नो आपत्कालीन भण्डार (इमर्जेन्सी रिजर्भ) बाट २ करोड ६० लाख ब्यारेल तेल निकालेर कम्पनीहरूलाई उपलब्ध गराएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com