डोजर आतंककाे प्रतिकार गर्ने महाअभियान युवा परिषदका संयोजक बरालको चेतावनी
काठमाडौं– सरकारसँगै गरिब र सुकुम्बासी बस्तीमा डोजर आतङ्क बन्द गर्न महाअभियान युवा परिषदका केन्द्रिय संयोजक सुशील बरालले आपत्ति जनाएका छन् ।

उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने र उपयुक्त आवासको हक ग्यारेन्टी गरेको छ । तर, वर्तमान समयमा राज्य सत्ताको आडमा जुन किसिमले गरिब, सुकुम्बासी र सर्वहारा वर्गको टाउको लुकाउने ओतमाथि डोजर चलाइँदैछ, यो लोकतान्त्रिक मूल्य–मान्यता र मानवीय समवेदनाको ठाडो उपहास भएको पनि औंल्याएका छन् ।
गरिबको आँसुमा धनिको अटालिका
![]() |
![]() |
![]() |
|---|
सहर सुन्दर बनाउने नाममा होस् वा विकासको बहानामा, सधैँ मारमा गरिब र निमुखा जनता नै परिरहेका छन् ।
वर्षौँदेखि पसिना बगाएर बनाएको एउटा सानो झुप्रो भत्काउँदा एउटा परिवारको सपना र भविष्य मात्र होइन, उनीहरूको बाँच्ने आधारसमेत भत्किन्छ ।
धनी र शक्तिवालाहरूको अवैध संरचनामा आँखा चिम्लने यो सरकार, गरिबको बस्ती देख्नेबित्तिकै डोजर लिएर जाइलाग्नुले सरकार केवल पूँजीपति र शक्ति केन्द्रको सेवामा तल्लीन रहेको प्रस्ट हुन्छ ।
डोजर आतङ्कको प्रतिकार
Image Source: © https://mulpatra.com
गरिब मार्ने र धनीको वर्चस्व कायम गर्ने यो “डोजर आतङ्क“ कुनै पनि हालतमा मान्य र सैह्य हुन सक्दैन । राज्यको दायित्व आफ्ना नागरिकलाई विकल्प र व्यवस्थापन दिनु हो, सडकमा अलपत्र पार्नु होइन। जबसम्म सुकुम्बासी र भूमिहीन नागरिकहरूको उचित व्यवस्थापन हुँदैन, तबसम्म उनीहरूको बासस्थानमा बल प्रयोग गर्नु लोकतान्त्रिक सरकारको चरित्र हुन सक्दैन ।
नागरिक बचाउ महाअभियानः जनताको एक्लो सारथि
आजको यो विषम परिस्थितिमा जब संसदमा रहेका ठूला भनिएका दलहरू सत्ताको जोडघटाउमा व्यस्त छन्, तब गरिब र सर्वहारा वर्गका लागि दुर्गा प्रसाईंको नेतृत्वमा रहेको “नागरिक बचाउ महाअभियान“ एक्लो र सशक्त प्रतिपक्षीको रूपमा उभिएको छ। यो अभियान केवल राजनीतिक नारा मात्र होइन, बरु अन्यायमा परेकाहरूको आवाज र पीडितहरूको सुरक्षा कवच हो।
हाम्रो स्पष्ट अडान छ:
बिना विकल्प गरिबको उठिबास लगाउने कार्य तुरुन्त बन्द गरियोस् । सुकुम्बासी समस्याको दीर्घकालीन र वैज्ञानिक समाधान खोजियोस् । राज्यले ‘गरिब मारेर धनी पाल्ने’ नीतिलाई तत्काल त्यागोस् ।
नागरिक बचाउ महाअभियान हरसमय, हरपल जनताको हक, हित र अधिकारका लागि सडकदेखि सदनसम्म लड्ने प्रतिबद्धता व्यक्त गर्दछ । गरिबको आँसु र सरापले कुनै पनि अधिनायकवादी सत्ता टिक्न सक्दैन । जनताको शक्तिको अगाडि एक दिन दमनकारी सरकारले घुँडा टेक्नै पर्नेछ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



