म्यानपावरमाझ निकामे ठहरिएका संघ अध्यक्ष गुरुङले खाडीको नयाँ श्रम स्वीकृति खुल्छ भन्दै हावा फैलाएमन्त्रालयले भन्छ: अहिले रोजगारी खुल्छ कसैसँग भनेको छैन
काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङको अहिले म्यानपावर व्यवसायीले आलोचना गरिरहेका छन् ।

हाल गुरुङको अधिकांश व्यवसायीले विरोध र उनी वैदेशिक रोजगार व्यवसायीका हकहतिमा काम गर्न नसक्ने निकामे ठहर गरिसकेका छन् ।
व्यवसायीमाझनै उनको ठुलै विरोध भइरहेको छ । गुरुङले खाडीका देशमा नयाँ श्रम स्वीकृति खुलाउन आफुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दिपक काफ्लेसँग सम्वाद गरी यही साता खाडी देश जाने कामदारको नयाँ श्रम स्वीकृति खुल्ने सचिवले आश्वसान दिएको भन्दै भ्रम म्यानपावर व्यवसायीबीच फैलाउँदै छन् ।
![]() |
![]() |
![]() |
|---|
गुरुङले भिसा प्राप्त गरिसकेका ७ हजार ८ सय ८८ कामदारलाई तत्काल अन्तिम श्रम स्वीकृति दिन सरकारसँग माग गरेको व्यवसायीमा बताउँदै गर्दा श्रम मन्त्रालयले भने कसैलाई त्यस्तो आश्वासन नदिएको र मध्येपुर्व भइरहेको तनावको अवस्था हेरेर मात्र नयाँ श्रम स्वीकृति खोल्ने गरी परराष्ट्र मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ ।
गुरुङले भने आफुले नै काम गर्ने जस्तो गरी श्रम सचिवसँग सम्वाद गरी खाडीका देश जाने कामदारको नयाँ श्रम स्वीकृति खोलिने दाबी नै गदै कतिपय म्यानपावर व्यवसायीलाई फोन नै गरेर आश्वासन बाँडिरहेको एक म्यानपावर व्यवासायीले जानकारी दिए ।
योपनि
Image Source: © https://mulpatra.com
मध्यपूर्व लक्षित नयाँ श्रम स्वीकृति रोकिएपछि अन्तिम चरणमा पुगेका हजारौँ नेपाली कामदार अलपत्र परेका छन् । यस विषयमा सरकारपनि जानकारसँगै समस्या समाधानको नयाँ माध्यम खोजीरहेको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।
श्रम मन्त्रालयले भने अहिले नै रोजगारी खुल्छ भनेर आश्वासन दिनसक्ने अवस्था नभएको र मध्येपुर्वको समस्या समाधान भएपछि कुटनीतिक तहबाट आएको निर्णयअनुसार श्रम स्वीकृति खुल्ने उनले बताए ।
हाल अधिकांश म्यानपावर व्यवसायीले गुरुङले वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपारका हकका काम गर्न नसकेको भन्दै उनलाई निकामे भनिरहेका छन् । उनी संघको नेतृत्वमा आएपछि यूएईको प्रहरी रिपोर्ट, जापान रोजगारी र मलेसियाकै स्वास्थ्य सिण्डिकेटमा दौडिएका थिए ।
सिण्डिकेटको विरोध गर्न म्यानपावर व्यवसायीलाई समेत गुरुङले आफु श्रम मन्त्री र महानिर्देशकनिकट भएको भन्दै छापा हान्न लगाउने धम्की दिने गरेको व्यवसायीकै गुनासो छ ।
संघकै अध्यक्ष गुरुङले नै मलेसियाबाट १२ हजार रिंग्रेटसम्म भिसा किनेर ल्याइ कामदार पठाउने, म्यानपावर व्यवसायीलाई आफुविरुद्ध लागेको भन्दै छापा हान्न लगाउने र केही वाहानामा म्यानपावर व्यवसायीसँग पैसा समेत असुल्ने गरेको व्यवसायीकै आरोप छ ।
अहिले गुरुङलाई काम गर्न नसकेको भन्दै व्यवसायीले चर्को विरोध गरिरहेका छन् । उनी व्यवसायीका लागि भन्दा पनि सिण्डिकेटधारीका लागि काम गदै आएका छन् । अध्यक्ष गुरुङले व्यवसायीभन्दा पनि आफनो स्वार्थका लागि बढी काम गरेको आरोप छ ।
उनले त्यस्तै कामदार गरेपछि अहिले गुरुङ अधिकांश म्यानपावर व्यवसायी रुष्ट छन् । तर गुरुङ भने लाज पच्चाएर आफुले काम गरेको भन्दै प्रचार र भ्रम फैलाउन छाडेका छैनन् ।
विभिन्न देशका व्यवसायी एजेन्टहरुसँग जोडिएर उक्त देशको सरकारी संयन्त्रलाई घुस खुवाई बर्षौं आफ्नो सिन्डिकेट लगाउन माहिर व्यवसायीसँग गुरुङको उठबस छ ।
मध्येपुर्वको युद्ध, वैदेशिक रोजगारी क्षेत्रमा देखिएको नीतिगत समस्या र पुनः श्रम स्वीकृति खोल्दा सरकारले नयाँ श्रम स्वीकृतिमा समस्या देखाउनु नहुने व्यवसायीको गुनासो छ ।
योपनि
संघका अध्यक्ष गुरुङ भने यी समस्या समाधानका लागि पहल गर्नुभन्दा श्रम मन्त्रालयमा गएर श्रममन्त्री, सचिव र अन्य कर्मचारीसँग फोटो खिच्चेर ल्याइ व्यवसायीमाझ हावा फैलाउने काम मात्र गरिरहेको व्यवसायीकै गुनासो छ ।
नीति राम्रो बने पनि कार्यान्वयन फितलो हुँदा ‘फ्रि भिसा–फ्रि टिकट’ जस्ता नीतिहरू व्यवहारमा पूर्ण रूपमा लागू नहुँदा समस्या जटिल बन्दै गएको छ । एकतिर रोजगारदाता कम्पनीले ‘फ्रि भिसा–फ्रि टिकट’ नदिएपनि म्यानपावरले यही सुविधा लेखेर कामदार म्यानपावर बाध्य छन् ।
श्रम स्वीकृति प्रक्रिया जटिल, ढिलो र कहिलेकाहीँ अवरुद्ध हुने समस्या छ, जसले गैरकानुनी बाटो रोज्ने प्रवृत्तिको फाइदा नियोगकै कर्मचारीले लिने गरेका छन् ।
बढाउँछ।
नेपालका दूतावास र सरकार कामदारको समस्या समाधानमा प्रभावकारी देखिँदैनन् । यी समस्या समाधानका लागि पहल गर्नुभन्दा उनी श्रममन्त्री, सचिव र कर्मचारीसँग फोटो खिचेर काम गरेको भन्दै प्रचारमा व्यस्त रहेको व्यवसायीको आरोप छ । यस विषयमा बुझन पटक–पटक फोन गर्दा समेत गुरुङले कल उठाएनन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



