समस्याग्रस्त सहकारीको ऋणीले ऋण नतिरे सम्पत्ति लिलाम हुने

समस्याग्रस्त सहकारीको ऋणीले ऋण नतिरे सम्पत्ति लिलाम हुने
  • ९ बैशाख २०८३, बुधबार ०७:०१

काठमाडौँ । समस्याग्रस्त सहकारीका ऋणीले ऋण नतिरे सम्पत्ति लिलाम हुने भएको छ । १५ दिनभित्र बाँकी रहेको सावाँ, ब्याज तथा जरिवाना तिर्नु भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

mulpatra

समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित ऋण नतिर्ने सञ्चालक, व्यवस्थापक र ऋणीहरूको नाम तथा फोटोसहित विवरण सार्वजनिक गरिने तयारी गरिएको छ। साथै उनीहरू तथा परिवारका सदस्यहरूको बैंक खाता र चल–अचल सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार गरिनेछ।

सुचनामा भनिएको छ ‘१५ दिन भित्र ऋण फरफारक नगरेमा ऋणी, निजको परिवार र जमानीको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने जनाएको छ । साथै सार्वजनिक सेवा सुविधा समेत रोक्का गर्ने र कर्जा लिँदा राखिएको धितो लिलाम गरिने छ’ ।

mulpatra mulpatra mulpatra

समितिका अनुसार सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित २२ वटा सहकारी संस्थासँग सम्बन्धित ऋण असुलीलाई प्राथमिकतामा राखेर ऋण असुल गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिलाई पूर्णता दिने काम गरेको छ जसअसुसार अध्यक्षमा डिल्लीराज आचार्य सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्य नियुक्त गरेको छ ।