रंगशालामा सुकुम्बासीको नाम टिपाउने ५४७ पुगे
काठमाडौं । सरकारले नदी किनारका सुकुम्बासी बस्ती भत्काउन थालेपछि सुकुम्बासीको नाम संकलन गरिएको स्थानमा नाम टिपाउनेको संख्या ५४७ पुगेको छ । सरकारले सुकुम्बासी बस्ती भत्काउँदै गर्दा त्रिपुरेश्वर स्थिति दशरथ रंगशालामा सुकुम्बासीको नाम संकलन गर्न डेस्क राखेर काम शरु गरिरहेको छ ।

रंगशालामा बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले छुट्टाछुट्टै डेस्क राखेर सुकुम्बासी परिवारको नाम टिपिरहेका छन्।
घरबार बिहीन भएका सुकुम्बासीहरुको नाम संकलन गर्ने देखि उनीहरुको स्वास्थ्य परिक्षण र खाना खुवाउने काम समेत भइरहेको छ । त्यहाँ रुजु भएकाहरुलाई तत्कालका लागि होल्डिङ सेन्टरमा राखिने भएको छ ।
![]() |
![]() |
![]() |
|---|
बाग्मतीका थापाथली, गैरीगाउँ, सिनामंगल भत्काएर मनोहरा सुकुम्बासी वस्ती पुगेको डोजरले त्यहाँ भत्काउने क्रम जारी राखेको छ । मनोहरा सुकुम्बासी बस्ती भत्काउँदै गर्दा आइतबार साँझ सम्म ५४७ परिवारले नाम टिपाएका हुन्।



