सर्वोच्चको आदेशमा छुटेका गोल्छा, पुनः पक्राउ
काठमाडौं । व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष शेखर गोल्छा सर्वोच्चको आदेशमा छुटेर धरौटी बुझाएपछि पुनः पक्राउ परेका छन् । धितोपत्रसम्बन्धी मुद्दामा पक्राउ परेका उनलाई बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै ५ लाख रुपैयाँ धरौटी तोकेको थियो ।

सर्वोच्च अदालतले उनलाईलाई धरौटी वा जमानतमा छोड्न आदेश दिएको थियो । न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राखी अनुसन्धान गर्न परमादेश जारी पछि उनी ५ लाख धरौटीमा छुटेका थिए ।
वैशाख ११ गते व्यवसायी गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो।
![]() |
![]() |
![]() |
|---|
‘धितोपत्रसम्बन्धी कसुरका हकमा यी निवेदकसँग धरौटी वा जमानत माग गरी कानुनी व्यवस्थाअनुसार आवश्यक अनुसन्धान गर्न र धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राखी अनुसन्धान गर्न परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्रसम्बन्धी ऐनबमोजिम कसुर ठहरिने मुद्दाको तहकिकात गर्दा कारबाही चलाइएको व्यक्ति फरार भई बेपत्ता हुन सक्छ भनी सम्झनुपर्ने कुनै मनासिब कारण भएमा वा बिगो, हानिनोक्सानी भएको देखिएमा यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले आवश्यक धरौटी वा जेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सक्ने छ भन्ने व्यवस्था रहेको देखिन्छ।’
वैशाख १० गते गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। गोल्छाकी पत्नी सीमाले वैशाख १४ गते केन्द्रीय अनुसन्धान ब्युरोसहित काठमाडौं जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालयलाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।



