Close

Recent Posts

विजय–बालेनको ‘आशा र अपेक्षा’का साथ उदय उस्तै, जनताप्रति दृष्टि फरक

बालेन जनता भेट्दैनन्, विजय सामान्यसँग रमाउँछन्

विजय–बालेनको ‘आशा र अपेक्षा’का साथ उदय उस्तै, जनताप्रति दृष्टि फरकबालेन जनता भेट्दैनन्, विजय सामान्यसँग रमाउँछन्
  • २२ बैशाख २०८३, मंगलवार १३:०९

काठमाडौं -दक्षिण भारतको तमिलनाडु होस् वा नेपालको काठमाडौं—जनताको असन्तुष्टि जब चरममा पुगेको देखियो । त्यहीँबाट ‘नयाँ अनुहार’ को उदय हुन्छ । यही लहरले जन्माएका दुई चर्चित पात्र हुन् विजय थलापती र बालेन शाह ।

mulpatra

फरक भूगोल, फरक पृष्ठभूमि—तर उदयको कथा भने आश्चर्यजनक रूपमा मिल्दोजुल्दो छ । तर, जब कुरा जनतालाई हेर्ने दृष्टिकोणको आउँछ, त्यहाँ उनीहरूबीच स्पष्ट दूरी देखिन्छ ।

विजय थलापतीको राजनीतिक यात्रा लोकप्रियताबाट सुरु हुन्छ । उनी भारतीय फिल्म क्षेत्रका चर्चित नायक समेत हुन् ।

mulpatra mulpatra mulpatra

दशकौं लामो फिल्म करिअरले उनलाई जनमानसमा स्थापित गरिसकेको थियो । त्यही कारण उनले दक्षिण भारतको तमिलनाडुमा मुख्यमन्त्रीका लागि जनमत पाए ।

विजयको प्रवेश कुनै सामान्य राजनीतिक कदम होइन, यो ‘स्टार पावर’ लाई ‘पब्लिक म्यान्डेट’ मा रूपान्तरण गर्ने प्रयास हो । उनले सामाजिक सन्देश दिने फिल्म र भाषणमार्फत जनताको भावना छोएका छन् ।

तर, उनको राजनीतिक दृष्टि अझै ‘आशा र अपेक्षा’ को तहमा बढी देखिन्छ, ‘कार्यान्वयन’ को ठोस आधारमा कम । जनतालाई हेर्ने उनको नजर प्रेरणादायी छ, तर त्यसलाई संस्थागत रूपमा कसरी रूपान्तरण गर्ने भन्ने प्रश्न दक्षिण भारतको तमिलनाडुका जनतामा खडा भएको छ ।

Image Source: © https://mulpatra.com

यसको ठीक विपरीत, बालेन शाहको उदय पनि परम्परागत दलप्रतिको वितृष्णाबाटै भएको हो । तर उनले आफ्नो लोकप्रियतालाई भावनात्मक भाषणमा सीमित राखेनन् । उनले सत्ता पाउँदा व्यवस्थापन र नतिजालाई प्राथमिकता दिए । उनका कदमहरू विवादरहित छैनन्, आलोचना पनि उत्तिकै छन्, तर उनले देखाएको शैली स्पष्ट छ ‘काम गरेर देखाउने’ जनतालाई हेर्ने उनको नजर सेवा, उत्तरदायित्व र परिणामसँग जोडिएको छ ।

बालेन सामान्य मान्छेसँग भेट्न रुचाउँदैनन् । भने विजय फिल्म खेल्दा देखि नै जनतासँग घुल्मिल हुँदै आएका छन् ।

वास्तवमा, यहीँबाट मूल अन्तर देखिन्छ । विजय थलापतीको राजनीति अहिले पनि ‘भावनात्मक नेतृत्व’ को चरणमा छ—जहाँ जनताले आसा देखेका छन् । बालेन शाहको राजनीति ‘नतिजामुखी नेतृत्व’ तर्फ उन्मुख छ—जहाँ जनतालाई प्रत्यक्ष प्रभाव महसुस गर्नबाट तर्किन्छन् ।

यो तुलना व्यक्ति विशेषभन्दा ठूलो सन्देश बोकेको छ । आजको नागरिक केवल भाषण होइन, परिणाम खोजिरहेको छ । लोकप्रियता राजनीतिमा प्रवेशको ढोका हुन सक्छ, तर त्यो टिकाउने आधार भने काम नै हो । अहिले राजनीतिकमा यसको असरपनि देखिन्छ ।

अन्ततः, उदय उस्तै हुन सक्छ—तर इतिहासले सम्झिने कुरा दृष्टि र परिणाम नै हो । बालेन जनतासँग भेट्न रुची राख्दैनन् । तर यसको ठिक विपरित विजय जनतासँग रमाउँछन् ।

राजनीतिक संस्कारविपरीत, धेरैजसो नयाँ उदाएका पात्रहरू अझै पनि भावनात्मक राजनीतिमा अड्किएका देखिन्छन् । उनीहरू जनताको पीडा बोल्छन्, तर समाधानको स्पष्ट मार्गचित्र दिन सक्दैनन् । छोटो समयका लागि यस्तो शैली प्रभावकारी देखिए पनि, दीर्घकालीन रूपमा यसले विश्वास कायम राख्न सक्दैन । अहिले नेपालको राजनीतिकमा बालेन र उनले नेतृत्वको गरेको पार्टीभित्र यो प्रश्न उठ्न थालेको छ ।

भारतका ५ राज्यको विधानसभा चुनावको परिणाम आउँदै गर्दा तमिलनाडुले देशकै राजनीतिमा नयाँ नेतृत्व र वैकल्पिक शक्तिको सन्देश दिएको छ । पछिल्लो चुनावी रुझानलाई हेर्दा विजय नै तमिलनाडुको आगामी मुख्यमन्त्री पक्का जस्तै भएको छ ।

विजयले पछिल्ला वर्षहरूमा आफ्ना फिल्मका कथाहरू र पात्रहरूमा आधारभूत परिवर्तन ल्याए । केवल मारधाड गर्ने नायकबाट उनी समाजका उपेक्षित समस्याहरूसँग जुध्ने जननायकमा रूपान्तरित भए ।

फिल्म, सञ्चारमाध्यम र साहित्यले समेत ओझेलमा पारेका चुनावी धाँधली, स्वास्थ्य क्षेत्रको भ्रष्टाचार, महिला खेलकुद र किसानका मुद्दाहरूलाई उनले आफ्ना फिल्मको मुख्य आधार बनाए। यसरी पर्दामार्फत जनताका आधारभूत समस्याहरूसँग आफूलाई जोड्दै उनले आफ्नो छवि एक महानायकको रूपमा स्थापित गरे ।

साथै विशेष गरी, एच. विनोदद्वारा निर्देशित र केभीएन प्रोडक्सन तथा थेस्पियन फिल्म्सद्वारा निर्मित फिल्म ‘जननायक’ को कथानक यस्तै एउटा संघर्षशील नेताको वरिपरि घुम्छ ।

सन् २०२६ को सुरुमा पोङ्गलको अवसरमा रिलिज हुने तयारीमा रहेको यो फिल्म सेन्सर बोर्डको चासो र चुनावी आचारसंहिताका कारण पटक–पटक स्थगित भयो ।

बालेनले एक इन्जिनियर, र्यापर, स्वतन्त्र युवा अभियन्ता र काठमाडौं महानगरपालिकाका मेयर लगायतका परिचयहरूलाई समेट्दै उनले नेपाली राजनीतिमा एउटा नयाँ अध्याय सुरु गरेका छन् ।

संगीतसँगै शाह सामाजिक अभियन्ताको रूपमा पनि सक्रिय थिए । उनले विशेषगरी काठमाडौंको अव्यवस्थित सहरीकरण, फोहोर व्यवस्थापन, ट्राफिक समस्या र भ्रष्टाचारविरुद्ध आवाज उठाए । यसले उनलाई युवा विद्रोही आवाजको रूपमा स्थापित गर्यो । उनी नेपाली ¥याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन् ।

नेपालको समकालीन राजनीतिक इतिहासमा केही यस्ता पात्रहरू उदाएका छन् जसले परम्परागत बाटोको यात्रालाई मोडेर नयाँ सम्भावनाको ढोका खोलेका छन् । तिनैमध्ये एक हुन् बालेन्द्र शाह, जसलाई आम रूपमा बालेन भनेर चिनिन्छ ।

इन्जिनियरिङ अध्ययनसँगै बालेनले संगीत क्षेत्रमा पनि आफ्नो पहिचान बनाएका छन् । उनी नेपाली ¥याप संगीतमा सामाजिक मुद्दाहरू उठाउने कलाकारका रूपमा चिनिएका थिए । उनका गीतहरूमा भ्रष्टाचार, राजनीतिक विकृति, सामाजिक असमानता, युवाको निराशा जस्ता विषयहरू प्रमुख रूपमा उठेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com