नेपालले ओमानलाई ८१ रनले हरायो
काठमाडौं– गुल्सन झाको घातक बलिङ र आशिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएई सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ओमानलाई पराजित गरेको छ ।

मंगलबार भएको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको हो। यो सँगै नेपालले घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ ।
जितसँगै नेपालले २४ खेलबाट १८ अंक जोडेको छ। २८ खेलबाट ३१ अंक बनाएको ओमान तेस्रो स्थानमा छ। २४ खेलबाट १४ अंक भएको युएई तालिकाको पुछारमा छ । नेपाललाई ओडीआई वरियता जोगाउन अंक तालिकाको शीर्ष ६ मा रहनुपर्नेछ ।
![]() |
![]() |
![]() |
|---|
वर्षाले प्रभावित भएको ओमानसँगको पहिलो खेलमा नेपाल डीएल मेथडमा १ सय २ रनले पराजित भएको थियो ।
युएईलाई पहिलो खेलमा डीएल मेथडमा नै नेपालले ६ रनले हराएको थियो। दोस्रो खेलमा ३७ रनको जित दर्ता गरेको थियो ।
नेपालले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १ सय ७५ रन बनाउँदा अलआउट भयो ।
Image Source: © https://mulpatra.com
ओमानलाई कम स्कोरमा रोक्न गुल्सन झा ले ५ विकेट लिए। उनले ९ ओभरमा ३८ रन खर्चे। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरिले समान एक विकेट आफ्नो नाममा गरे ।
ओमानका लागि विनय शुक्लाले ३६ रन बनाए। हम्मद मिर्जाले ३४, हस्नैन वाहावले २९ रन बनाए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल एक बल अगावै २ सय ५६ रनमा अलआउट भयो ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९४ रनको योगदान दिए। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दा नदिम खानको बलमा क्याच आउट भए । दोस्रो विकेटका लागि आशिफ र अर्जुन कुमालले १ सय २२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए ।
अर्जुन कुमालले ४८ रन थपे। उनले ८७ बलमा ४ चौका प्रहार गरे। गुल्सन झा १७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेलले ९ रन बनाए । विनोद भण्डारी र करण केसी डक आउट भए ।
दीपेन्द्रसिंह ऐरी ३३ रन बनाउँदा नदीम खानको बलमा बोल्ड आउट भए। नन्दन यादव २ रन बनाउँदा सकिल अहमदको बलमा बोल्ड आउट हुन पुगे। सन्दीप लामिछाने १ रनमा रनआउट भए। २३ बलमा १ चौका र ४ छक्का प्रहार गरेका आरिफ शेख ४३ रनमा क्याच आउट हुन पुगे। ललित राजवंशी शुन्यमा नै अविजित रहे।
ओमानका लागि नदिम खानले ३ विकेट लिए। सकिल अहमद र हसनैन शाहले समान २ विकेट लिए आफ्नो नाममा गरे। जितेन रामानन्दी र आर्यन विष्टले समान एक विकेट लिए।
नेपालले अब घरेलु मैदानमा स्कटल्यान्ड र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ। सो सिरिज १२ मे बाट सुरु हुनेछ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



