Close

Recent Posts

बारा अमलेखगञ्जको ‘सेकुवा खाने’ चर्चित ३ नं. पुल क्षेत्रमा वन कार्यालयको डोजर

बारा अमलेखगञ्जको ‘सेकुवा खाने’ चर्चित ३ नं. पुल क्षेत्रमा वन कार्यालयको डोजर
  • १ जेष्ठ २०८३, शुक्रबार १२:०९

डिभिजन वन कार्यालय बाराले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने अमलेखगञ्जको ३ नम्बर पुल र चुरियामाई मन्दिर आसपासका संरचना हटाएको छ । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीले आज डोजर लगाएर बस्ती हटाइएको हो ।

mulpatra

सडक डिभिजन कार्यालयले यस अघि नै उक्त क्षेत्र वन र निकुञ्जको क्षेत्रमा पर्ने भएकाले हटाउन पटक पटक सूचना जारी गरेको थियो । सूचनालाई अटेर गरि व्यवसायीहरु बसिरहेकोले हटाउनु परेको डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले बताएका छन् ।

कार्यालयले सूचना जारी गरि सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५÷२५ मिटरभित्र पर्ने घर, टहरा तथा होटलहरू अनिवार्य रूपमा हटाउन र नहटाइए डोजर प्रयोग गरी बलपूर्वक हटाइने चेतावनी दिइएको थियो।

mulpatra mulpatra mulpatra

अमलेखगञ्जको ३ नम्बर पुल क्षेत्र खास गरि सेकुवा खाने र सडक यात्रीको खाना खाने ठाउँका रुपमा चर्चित थियो । राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुहरूका लागि यो ठाउँ मुख्य विश्राम स्थल र खाजा खाने ठाउँमा रुपमा चर्चित थियो ।

७५ भन्दा बढी व्यवसायीहरु रहेका उक्त ठाउँमा व्यवासाय गरि बसेका व्यवसायीहरुले भने ठाउँ सार्ने पर्याप्त समय नदिई डोजर चलाएर राज्यले बर्बर दमन गरेको बताएका छन् ।