हामी नेपाली ग्लोबल सेसेल्सको प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न
सेशेल्स– हामी नेपाली ग्लोबल सेसेल्सको प्रथम महाधिवेशन संस्थाका अध्यक्ष दिपेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न भएको छ ।

सेशेल्स प्रहरी सुपरभाइजर एवं समाजसेवी दिपक तिवारीको प्रमुख आतिथ्यमा गत साता भव्य एवं सफलतापूर्वक सम्पन्न भएको हामी नेपाली ग्लोबल सेसेल्सले जनाएको छ ।
यस ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समर्थन तथा सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद समेत हामी नेपाली ग्लोबल सेसेल्सले दिएको छ ।
![]() |
![]() |
![]() |
|---|
साथै, महाधिवेशनबाट सर्वसम्मत रूपमा नवनिर्वाचित अध्यक्ष सुरेन्द्र कुँवरले मनोनित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको हार्दिक शुभकामना दिदै हामी नेपाली ग्लोबल सेसेल्सले नेपालको विकासमा सहयोग गुर्नुपर्ने धारण राखे ।

उनले एकता, सहकार्य र सेवाको भावनालाई आत्मसात गर्दै संस्थालाई अझ सशक्त, प्रभावकारी तथा गतिशील रूपमा अगाडि बढाउन सम्पूर्ण नयाँ कार्यसमितिले सफल नेतृत्व प्रदान गर्नेछ भन्ने पूर्ण विश्वास भएको बताउदै हामी नेपाली ग्लोबल सेसेल्समा यहाँ रहेका सबै नेपाली जोडिदै जाने समेत बताए ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गदै हामी नेपाली ग्लोबल सेसेल्स परिवारले आगामी दिनमा अझ जुटेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



