कान्स जाँदा सुनिताले भरतलाललाई तोकिन कार्यवाहक
काठमाडौं– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोल विश्वचर्चित कान्स फिल्म महोत्सवमा भाग लिन आज फ्रान्स जाँदै छिन् ।

काठमाडौँ १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक तोकेर उनी जान लागेकी हुन् । ज्येष्ठताका आधारमा श्रेष्ठलाई कार्यवाहक तोकेको डंगोलले जानकारी दिइन् ।
उनी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । मेयर–उपमेयर दुवै नरहेको अवस्थामा वडाध्यक्षलाई कार्यवाहक तोक्ने प्रावधान रहेको छ ।
प्रस्थान गर्नुपूर्व डंगोलले छोटो समयमा निर्णय लिएर जान लागेको बताइन् । यसको मुख्य उद्देश्य महानगरपालिकाले पनि फिल्म फेस्टिभलको आयोजना गर्ने रहेको उनको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
डंगोलले भनिन्, ‘हामी पनि फिल्म फेस्टिभल घोषणा गर्ने भएकाले यसकै तयारीका लागि सर्ट नोटिसमा जाँदै छु ।’
कान्सका प्रमुखलाई पनि महोत्सवमा निम्ता गर्ने उनको तयारी छ । फ्रान्समा उनले ४ दिन बिताउने महानगरपालिकाले जनाएको छ ।
यसअघिका मेयर बालेन्द्र शाह पनि कान्स फेस्टिभलमा सहभागी भएका थिए । उनले सन् २०२४ मा आयोजित महोत्सवमा भाग लिएका हुन् । बालेन्द्र शाह कान्स फेस्टिभलमा कतिपटक कहिले सहभागी भएका छन् ?
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



