बालेन सरकारले सरकारी कर्मचारीको तलब १५–२० प्रतिशत बढाउने निश्चित
काठमाडौं– सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले तलब वृद्धिको घोषणा गर्ने अर्थमन्त्रालय स्रोतले जानकारी जनाएको छ ।

कानुनतः तीन वर्षमा एकपटक अर्थात् दुई वर्षको अन्तरालमा तलब वृद्धि गर्नुपर्ने व्यवस्था भए पनि तीन वर्षसम्म अघिल्लो सरकारले तलब बढाएको थिएन ।
तलब बढाउने विषयमा अर्थमन्त्री डा. वाग्ले पूर्ण रूपमा सहमत भएपनि हालसम्म कुन आधारमा वा कति तलब वृद्धि गर्ने भन्नेमा निष्कर्षमा नपुगेको स्रोतको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
अर्थमन्त्री वाग्लेले महँगी अत्यधिक बढेको कारण कर्मचारीलाई दैनिक खर्च चलाउन समेत कठिन भएको महसुस आफूले गरेको बताउँदै आएका छन् ।
अघिल्लो सरकारले प्रशासनिक खर्चको बोझका कारण कर्मचारीको तलब बढाउन सकेको थिएन । पछिल्लो पटक आर्थिक वर्ष २०७९÷८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशत तलब वृद्धि गरेका थिए ।
ऐनअनुसार गत वर्ष तलब बढाउनुपर्ने भए पनि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत व्यवस्थापनको समस्या देखाउँदै अन्तिम समयमा तलब नबढाउने निर्णय गरेका थिए । उनले गत वर्ष महँगी भत्ता मात्रै एक हजार रुपैयाँले बढाएका थिए ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



