Close

Recent Posts

पहिला लोकतान्त्रिककै उम्मेदवार हराएका अध्यक्ष गुरुङले संघकै विधान नमान्ने भन्दै सिडियोको पत्रमा धम्की

म्यानपावर छापा, पक्राउ, ठगि, भिसा किन्ने र मन्त्रीलाई पैसा खुवाएको धमास

पहिला लोकतान्त्रिककै उम्मेदवार हराएका अध्यक्ष गुरुङले संघकै विधान नमान्ने भन्दै सिडियोको पत्रमा धम्कीम्यानपावर छापा, पक्राउ, ठगि, भिसा किन्ने र मन्त्रीलाई पैसा खुवाएको धमास
  • १४ जेष्ठ २०८३, बिहीबार १६:३०

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ पहिले आफ्नै वैदेशिक रोजगारी लोकतान्त्रिक समूहकै आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाएका थिए ।

mulpatra

उनले लोकतान्त्रिकबाट उठेका कुमुद खनालाई गत संघको साधारण सभामा हटाएरका थिए । उनैका कारण संघको अध्यक्षमा खनाल हारेका थिए ।

अहिले भने उनैले संघको विधान र संस्थागत प्रक्रियालाई चुनौती दिँदै वैदेशिक रोजगार व्यवसाय संघकै ‘विधान मान्दिन’ भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई दबाब र धम्कीपूर्ण सन्देश दिइरहेका छन् ।

mulpatra mulpatra mulpatra

व्यवसायीहरूका अनुसार लोकतान्त्रिक प्रक्रिया, विधान र संस्थागत मर्यादा सबैका लागि समान हुनुपर्छ । नेतृत्वमा पुगेपछि आफूअनुकूल नियम व्याख्या गर्ने र असहमत पक्षलाई दबाबमा राख्ने प्रवृत्तिले संघभित्र थप विवाद र अविश्वास बढाउने चिन्ता व्यक्त गरिएको छ ।

संघभित्र अहिले निर्वाचन, विधान कार्यान्वयन र नेतृत्वको भूमिकालाई लिएर तीव्र ध्रुवीकरण देखिएको छ । केही व्यवसायीले संघलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर सहमतिमार्फत समाधान खोज्नुपर्ने बताएका छन् ।

जसका संघको बहुमत पदाधिकारीले एक महिनाअघि नै राजिनामा दिएका थिए । संघको विधानमा बहुमत पदाधिकारीले राजिनामा दिएपछि संघ विघटन हुने व्यवस्था छ ।

Image Source: © https://mulpatra.com

काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई जेठ २४ गते कार्यसमिति निर्वाचन गराउन निर्देशन दिएको छ ।

संघको सल्लाहकार समितिले वैशाख २९ गते बहुमत पदाधिकारीको राजीनामाका कारण विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निर्णय गरेको पत्र समेत प्रशासनमा आएको थियो ।

यसलाई आधार मानि पुनः जेठ २४ गते विशेष साधारणसभा गर्ने पूर्वसूचना अनुसार आवश्यक निर्देशन र सुरक्षा माग गर्दै अर्को पत्र पनि पठाइएको प्रशासनले परिपत्र पठाएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ पहिला आफनै वैदेशिक रोजगारी लोकतान्त्रिककै उम्मेदवारविरुद्ध बाघी उठेका थिए । हाल उनै वैदेशिक रोजगार व्यवसायी संघकै विधान मान्दिन भनेर काठमाडौं सिडियो कार्यालयलाई धम्की दिदै आएका छन् ।

संघको अध्यक्षमा आएपछि गुरुङले आफनै व्यवसायीको पोल श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागमा लगाउँदै आएको श्रम मन्त्रालयकै कर्मचारीले बताउँदै आएका छन् ।

उनीसंघको अध्यक्ष भएपछि व्यवसायीलाई पक्राउ, वैदेशिक रोजगारीमा ठगि गर्ने, भिसा किनेर ल्याइ कामदार मलेसिया पठाउने मन्त्री र सचिवलाई पैसा खुवाएर यस्तो काम गरेको भन्दै व्यवसायीमा धमास दिदै आएका छन् ।

उनले गुरुङले सूचना दिएका कारण प्रहरी र विभागले कतिपय म्यानपावरमा छापा समेत हानेको छ । संघका अध्यक्षले नै आफनो व्यवसायीको हकहितमा काम गर्नुभन्दा पनि व्यवसायीलाई धरपकड गराउन तिर लागेको व्यवसायीकै आरोप छ ।

संघको अध्यक्ष भएपछि उनले सबैभन्दा बढी मलेसियाबाट भिसा किनेर ल्याइ कामदार पठाए । जसका कारण मलेसिया जाने कामदारमाथि ठुलो आर्थिक भार परेको हो ।

उनै गुरुङका कारण कतिपय व्यवसायी व्यवसाय गर्न समेत समस्यामा परेका छन् । भुवनसिंह गुरुङकै कारण म्यानपावर व्यवसायीलाई भिसा कारोवारी भनेर आरोप समेत लाग्न थालेको छ । जसका कारण व्यवसायीमाथि अहिलेको सरकारले गलत नजर छ ।

संघको अध्यक्षनै श्रम मन्त्रालय सहचालकजस्तो दिनमै ३ पटकसम्म गएर संघकै बदमान गराएका कारण सरकारले पनि संघलाई नपत्याएको व्यवसायीकै आरोप छ । सिण्डिकेटधारी व्यवसायी हेम गुरुङ, प्रेम कटुवाल र अन्य केही व्यवसायीले पैसा खर्चिने भन्दै उनी व्यवसायीलाई धम्की दिदै आएका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com