Close

Recent Posts

सरकार–व्यवसायी संम्वाद, झन्झटिलो ऐन सुधारको एजेण्डासहित अध्यक्ष पदमा खत्रीको उम्मेदवारी

अर्थतन्त्रको वैदेशिक रोजगार आधार, व्यवसायीलाई पनि सम्मान

सरकार–व्यवसायी संम्वाद, झन्झटिलो ऐन सुधारको एजेण्डासहित अध्यक्ष पदमा खत्रीको उम्मेदवारीअर्थतन्त्रको वैदेशिक रोजगार आधार, व्यवसायीलाई पनि सम्मान
  • २४ जेष्ठ २०८३, आईतवार १०:३०

काठमाडौं– वैदेशिक रोजगार व्यवसाय संघको आगामी नेतृत्वका लागि वैदेशिक रोजगार व्यवसाय संघका पुर्व वरिष्ठ उपाध्यक्ष डिककुमार खत्रीले उम्मेदवारी दिएका छन् ।

mulpatra

खत्रीले व्यवसायीहरूको हकहित, व्यवसायिक वातावरणको सुधार तथा वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्याको समाधानलाई आफ्नो प्रमुख एजेन्डा राखेका छन् । एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका चर्फबाट उनी अध्यक्ष पदमा उम्मेदवार हुन् ।

व्यवसायीलाई नजिकबाट बुझेका कारण हाल वैदेशिक रोजगारी क्षेत्रमा समस्यामा परेका व्यवसायीलाई सहयोग गदै आएका उनले युवा व्यवसायीका प्रतिनिधित्व समेत गर्ने संकेत दिएका छन् ।

mulpatra

उनले संघलाई व्यवसायीको वास्तविक प्रतिनिधि संस्थाका रूपमा स्थापित गर्दै सरकारसँग प्रभावकारी संवाद र समन्वय गर्नुपर्ने आवश्यकता रहेको एजेण्डा समेत बोकेका छन् ।

लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रसँग आबद्ध खत्रीले व्यवसायीहरूका साझा मुद्दा उठाउँदा उनी युवा व्यवसायीको आस समेत बन्ने संकेत गरेका छन् ।

Image Source: © https://mulpatra.com

खत्रीले वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउँदै व्यवसायीमाथि बढ्दो प्रशासनिक जटिलता तथा अनावश्यक दबाब अन्त्यका लागि संघले सशक्त भूमिका खेल्नुपर्ने धारणा अघि बढाएका छन् ।

हाल स्वतन्त्र व्यवसायी समेत संघको अध्यक्ष पदमा मैदान उत्रिने भएपछि खत्रीले उम्मेदवारीलाई झन महत्वपुर्ण रुपमा हेरिएको व्यवसायीहरुनै बताउँछन् । देश वैदेशिक रोजगारीले आर्जन गरेको रेमिट्यान्सबाट चलेको छ । यो भाषा सरकारकै हो । हामीले हाम्रो

संघको आगामी निर्वाचनमा अध्यक्ष पदका आकांक्षीहरूको संख्या बढ्दै जाँदा खत्रीको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

व्यवसायीहरूबीच नेतृत्वको नयाँ बहस सुरु भइरहेका बेला केट्टले आफ्नो एजेन्डा र योजनासहित औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।

खत्रीका वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या केवल म्यानपावर कम्पनीसँग मात्र सम्बन्धित छैनन् । कामदार छनोट, भाषा तथा सीप तालिम, स्वास्थ्य परीक्षण, श्रम स्वीकृति, दूतावास सेवा, गन्तव्य मुलुकसँगको समन्वयलगायतका विषयमा सरकारी निकायका कमजोरी पनि पटक–पटक उजागर हुँदै आएका छन् ।

तर समस्या देखिँदा अधिकांश अवस्थामा म्यानपावर व्यवसायीमाथि मात्र कारबाही हुने गरेको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारी प्रक्रिया बहुपक्षीय प्रणाली हो, जसमा सरकार, नियामक निकाय, स्वास्थ्य संस्था, तालिम प्रदायक, भिसा सेवा केन्द्र तथा कामदार स्वयंको पनि भूमिका र जिम्मेवारी हुन्छ । तर कुनै समस्या उत्पन्न भएमा सम्पूर्ण दोष म्यानपावर व्यवसायीमाथि थोपर्ने प्रवृत्तिले समस्या समाधानभन्दा पनि क्षेत्रलाई थप अन्योलतर्फ धकेलेको उनको तर्क छ ।

वैदेशिक रोजगारीमा ठगी, ढिलासुस्ती वा अन्य अनियमितता नियन्त्रणका लागि दोषी जोसुकै भए पनि समान रूपमा कानुनी दायरामा ल्याउनुपर्ने व्यवसायीहरूको माग छ ।

निष्पक्ष नियमन, प्रभावकारी अनुगमन र सबै पक्षप्रति समान व्यवहारबाट मात्र वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, मर्यादित र विश्वसनीय बनाउन सकिन्छ भनेर हामीले आवाज उठाउँदै आएको खत्रीले बताए ।

उनका अनुसार अनुसार निजी क्षेत्रलाई मात्र दोषी देखाएर कारबाही गर्ने र सरकारी निकायका कमजोरीलाई बेवास्ता गर्ने प्रवृत्तिले न त श्रमिकको हित सुनिश्चित हुन्छ, न त वैदेशिक रोजगार क्षेत्र नै व्यवस्थित बन्छ । हाम्रो प्रश्न यहाँ हो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com