Close

Recent Posts

बैरो संघको महासचिवमा सिनामंगल एकता समूहबाट हरि डाँगी उठ्दै

बैरो संघको महासचिवमा सिनामंगल एकता समूहबाट हरि डाँगी उठ्दै
  • २२ जेष्ठ २०८३, शुक्रबार १९:२२

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा विभिन्न समूहहरू सक्रिय रुपमा लागेका छन् । दुई तिहाइ पदाधिकारीहरूको सामूहिक राजीनामापछि नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते निर्वाचन हुँदै छ ।

mulpatra

सिनामंगल वैदेशिक रोजगार एकता समूहमा रहेका करिब २ सयभन्दा व्यवसायी संघको साधारण सभामा निर्णयक हुने बताउँन थालिएको छ ।

सिनामंगल वैदेशिक रोजगार एकता समूहबाट हरी डाँगी महासचिवमा उम्मेदवारी दिने भएका छन् । उनले वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि यस क्षेत्रमा नीतिगत, प्रशासनिक र संरचनागत सुधारको आवश्यकताका लागि आफनो उम्मेदवार दिएको जानकारी दिए ।

mulpatra mulpatra mulpatra

उनका अनुसार कामदार, व्यवसायी र सरकारबीचको समन्वयलाई प्रभावकारी बनाउँदै निम्न कार्यहरू अघि बढाउन सकिन्छ ।

मेरो एजेण्डा यस्ता छन्

१. पारदर्शी र व्यवस्थित भर्ती प्रक्रिया

Image Source: © https://mulpatra.com

श्रमिक भर्ती प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने।
सबै शुल्क, सेवा र सम्झौताबारे स्पष्ट जानकारी उपलब्ध गराउने।
अवैध एजेन्ट र बिचौलियाको प्रभाव नियन्त्रण गर्ने।

२. लागत खर्चको वैज्ञानिक निर्धारण

वास्तविक खर्चका आधारमा लागत निर्धारण गर्ने।
श्रमिकमाथि अनावश्यक आर्थिक भार पर्न नदिने।
लागत सम्बन्धी विवाद अन्त्य गर्न नियमित पुनरावलोकन गर्ने।

३. स्वास्थ्य परीक्षण र भिसा प्रक्रियामा सुधार

स्वास्थ्य परीक्षण तथा भिसा सेवामा प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्ने।
अनावश्यक सिण्डिकेट र एकाधिकार अन्त्य गर्ने।
सेवा शुल्कलाई पारदर्शी र उचित बनाउने।

४. सीप विकासमा लगानी

विदेश जाने श्रमिकलाई गन्तव्य देशअनुसार सीप तथा भाषा तालिम प्रदान गर्ने।
दक्ष जनशक्ति उत्पादन गरी उच्च आम्दानीका अवसर सिर्जना गर्ने।

५. नयाँ श्रम बजारको विस्तार

परम्परागत गन्तव्यसँगै युरोप, जापान, कोरिया, इजरायल लगायतका नयाँ बजारमा पहुँच बढाउने।
सरकार र निजी क्षेत्रको सहकार्यमा श्रम सम्झौता विस्तार गर्ने।

६. डिजिटल सेवा प्रणाली

श्रम स्वीकृति, डिमाण्ड प्रमाणीकरण, गुनासो व्यवस्थापन लगायतका सेवाहरूलाई पूर्ण डिजिटल बनाउने।
सेवा प्रक्रियालाई छिटो, सरल र प्रभावकारी बनाउने।

७. श्रमिक सुरक्षा र कल्याण

विदेशमा समस्यामा परेका श्रमिकका लागि दूतावास तथा श्रम कार्यालयको भूमिका सुदृढ गर्ने।
उद्धार, बीमा र क्षतिपूर्ति प्रक्रियालाई प्रभावकारी बनाउने।


८. व्यवसायीलाई साझेदारका रूपमा स्वीकार गर्ने

वैदेशिक रोजगार व्यवसायीलाई रोजगारी सिर्जना र रेमिट्यान्स भित्र्याउने साझेदारका रूपमा हेर्ने।
नीति निर्माण र सुधार प्रक्रियामा व्यवसायीको सहभागिता सुनिश्चित गर्ने।

९. कानुनको निष्पक्ष कार्यान्वयन

ठगी र गैरकानुनी गतिविधिमाथि कडा कारबाही गर्ने।
कानुनी रूपमा सञ्चालन भएका व्यवसायीलाई अनावश्यक दुःख नदिने।

१०. त्रिपक्षीय सहकार्य
सरकार, व्यवसायी र श्रमिक प्रतिनिधिबीच नियमित संवादको व्यवस्था गर्ने।
समस्या समाधानका लागि साझा कार्ययोजना लागू गर्ने।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com