बैरो संघमा पुरानालाई चुनौती दिन पाण्डेको अध्यक्षतामा सन्जु वरिष्ठ उपाध्यक्ष, मियाँ महासचिवसहित प्यानल घोषणा
काठमाडौं–वैदेशिक रोजगार व्यवसाय संघको २४ गते हुने साधारण सभामा वैदेशिक रोजगार स्वतन्त्र व्यवसायी हरि बहादुर पाण्डेको अध्यक्षमा नेतृत्व बनाएको छ ।

वैदेशिक रोजगार स्वतन्त्र संघले पछिल्लो समय व्यवसायीको हकहितका लागि काम गर्ने भनेर गठन भएको समूह हो । संघले संघकै साधारणसभामा १७ जना नै निर्वाचनमा उठाउने भएको छ ।
सहमतिअनुसार संघको अध्यक्षमा ए अध्यक्ष हरि पाण्डेको नेतृत्वमा चुनावमा जाने भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
संघले दिएको जानकारी अनुसार अध्यक्षमा हरि पाण्डे, प्रथम उपाध्यक्षमा सन्जु गुरुङ, अर्को उपाध्यक्षमा जबर अलि मियाँ,महासचिवमा नुरअलि मियाँ र कोषाध्यक्षमा विनिता कटुवाल रहेका छन् ।
पाण्डेले संघमा वरिष्ठ उपाध्यक्ष समेत भएर काम गरिसकेका व्यवसायी हुन् । भने सन्जु गुरुङपनि संघमा उपाध्यक्ष भएर काम गरेको व्यवसायी हो ।
व्यवसायीहरूको हकहित संरक्षण, संघको संस्थागत सुदृढीकरण र वैदेशिक रोजगार क्षेत्रका चुनौतीहरूको समाधानलाई केन्द्रमा राख्दै उम्मेदवार दिएको गुरुङले जानकारी दिए ।
Image Source: © https://mulpatra.com

उनले वैदेशिक रोजगार क्षेत्रलाई विश्वसनीय, पारदर्शी र सम्मानित बनाउन व्यवसायी स्वयंले सुधारको नेतृत्व लिन आवश्यक छ । व्यवसायीको छवि सुधार र क्षेत्रको दिगो विकासका लागि निम्न पहलहरू महत्वपूर्ण हुनसुक्ने उनले जानकारी दिए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



