Close

Recent Posts

रास्वपाको आदिवासी तथा जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यमा सुजितकुमार श्रेष्ठको उम्मेदवारी

रास्वपाको आदिवासी तथा जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यमा सुजितकुमार श्रेष्ठको उम्मेदवारी
  • ८ असार २०८३, सोमबार १४:१७

काठमाडौं– परिवर्तन, समावेशिता र सक्षम नेतृत्वको संकल्पका साथ रास्वपाको आदिवासी तथा जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यमा सुजित कुमार श्रेष्ठ उम्मेदवार बनेका छन् ।

mulpatra

पार्टीभित्र आदिवासी तथा जनजाति समुदायको प्रभावकारी प्रतिनिधित्व, युवाको सक्रिय सहभागिता र संगठनलाई थप सशक्त बनाउने उद्देश्यका साथ उहाँले आफ्नो उम्मेदवारी दिएको उनले बताएका छन् ।

रास्वपाको समावेशी, सक्षम र दूरदर्शी नेतृत्व निर्माणका लागि आदिवासी तथा जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यका उम्मेदवार सुजित कुमार श्रेष्ठले अत्यधिक मत दिएर विजयी गराउन समेत अपिल गरेका छन् । नयाँ सोच, नयाँ जोश र बलियो संगठन निर्माणका लागि तपाईंको एक मत अत्यन्त महत्वपूर्ण रहेको उनको आग्रह छ ।

mulpatra mulpatra mulpatra

मुख्य नारा

विकासका लागि बुलन्द आवाज, समृद्ध नेपालको साझा अभियान । विकास, सुशासन र समावेशिताका लागि ।
आदिवासी तथा जनजातिको सम्मान, विकासको अभियान । नयाँ सोच, स्पष्ट दृष्टि र विकासको प्रतिबद्धता
आदिवासी तथा जनजाति समुदायको सम्मानजनक र प्रभावकारी प्रतिनिधित्व ।
युवाको नेतृत्व विकास र पार्टीमा सक्रिय सहभागिता विस्तार।
सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित संगठन निर्माण ।
पार्टीलाई गाउँदेखि केन्द्रसम्म अझ सुदृढ र जनमुखी बनाउने ।
समावेशी नीति, समान अवसर र सामाजिक न्यायलाई प्राथमिकता दिने ।