चिया उद्योग बचाउन र समस्या समाधानका लागि सहयोग माग्न सिंहदरबार छिरे उद्योगी, सुहाङको साथ
काठमाडौं– नेपाली चिया निर्यातमा भारतको अवरोधपछि चिया उद्योग गम्भीर संकटमा परेको छ । यसैबीच उद्योगीहरूले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर उद्योगी र किसानले चिया निर्यात खुलाउन तत्काल कूटनीतिक पहल गर्न अनुरोध गरेका छन् । सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको अगुवाइमा ज्ञापन पत्र बुझाइएको हो ।
भारतीय पक्षले नेपाली चियाको प्रत्येक खेप (कन्साइनमेन्ट) को अनिवार्य नमूना संकलन र प्रयोगशाला परीक्षण गर्नुपर्ने झन्झटिलो व्यवस्था गरेकोले समस्यामा परेको उद्योगीहरूको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
नयाँ व्यवस्थामा प्रत्येक खेपको विवरण भारतीय चिया परिषदको पोर्टलमा दर्ता गर्नुपर्ने, परीक्षण शुल्क तिर्नुपर्ने र रिपोर्ट नआउन्जेल चिया बिक्री वा वितरण गर्न नपाइने, ।
दुई हप्तामा आउने भनिएको रिपोर्ट आउन महिनौँ लाग्ने गरेकोले निर्यात ठप्प भएको उनीहरूले बताएका छन् ।
संघका अनुसार भारतीय अवरोधका कारण हाल करिब ३ लाख केजी नेपाली चिया कोलकातामा रोकिएको छ भने थप १० लाख किलोग्राम तयारी चिया नेपालकै विभिन्न गोदामहरूमा थन्किएको छ ।
भारतको नयाँ नियमले परीक्षण शुल्क, गोदाम खर्च, ढुवानी अवरोध र ट्रक पार्किङ शुल्कका कारण उत्पादन लागत बढेको उद्योगीहरू बताउँछन् । यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता घटाएको र भारतीय सीमामा पुगेर परीक्षणमा ‘असफल’ घोषित भई फिर्ता आउने चिया ल्याउन समेत कठिन हुने गरेकाले व्यवसायीहरू ठूलो जोखिममा रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
Image Source: © https://mulpatra.com
उद्योगीहरूसँगै सिंहदरबार छिरेका इलाम २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले सरकारी निकायबाट समाधानका लागि कुटनीतिक पहल भइरहेको जानकारी प्राप्त भएको बताए ।
‘चिया निर्यात तत्काल खुलाउनुपर्ने अवस्था छ । हजारौँको रोजीरोटी र देशकै अर्थतन्त्रसँग गाँसिएको नेपाली चियाको उत्पादन, प्रवद्र्धन र निर्यातमा देखिएका कानूनी र नीतिगत जटिलताबारे सरकारको ध्यानाकर्षण गराएका छौँ । आशा छ छिट्टै समाधान हुनेछ’, उनले भने ।
उनीहरूले मुख्यगरी ४ माग
१. उच्चस्तरीय कूटनीतिक पहलः भारतीय सरकार र सम्बन्धित निकायसँग तत्काल संवाद गरी निर्यातमा देखिएको अवरोध हटाउनुपर्ने।
२. अन्तर–सरकारी संयन्त्रः नेपाल र भारतबीच चिया व्यापारका प्राविधिक र नियामकीय विषय समाधान गर्न स्थायी द्विपक्षीय संयन्त्र स्थापना गर्नुपर्ने।
३. प्रयोगशाला परीक्षणको पारस्परिक मान्यताः दुवै देशका प्रयोगशालाको रिपोर्टलाई एक–अर्काले मान्यता दिने व्यवस्था (ःगतगब िच्भअयनलष्तष्यल) मिलाई दोहोरो परीक्षणको झन्झट हटाउनुपर्ने।
४. स्वदेशी उद्योगको संरक्षणः चिया किसान र उद्योगीको हित संरक्षणका लागि विशेष नीतिगत र कूटनीतिक सहयोग उपलब्ध गराउनुपर्ने।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



