Close

Recent Posts

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

आर्थिक गणनाको तथ्याङ्क–करिब ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

आर्थिक गणनाको तथ्याङ्क–करिब ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द
  • ९ असार २०८३, मंगलवार १४:४१

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसम्म साढे १३ लाख भन्दा बढि प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ ।

mulpatra

पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावलीमार्फत १३ लाख ४४ हजार ५ सय र ‘इसेन्सस’ वेबपेजमार्फत ७ हजार बढि गरी १३ लाख ५१ हजार ३ सय ३१ प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो ।

दोस्रो राष्ट्रिय आर्थिक गणनामा १४ लाख प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकोमा हाल लक्ष्यको ९१ दशमलव ६ प्रतिशत गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले बताए ।

mulpatra mulpatra mulpatra

देशैभरका विभिन्न जिल्लाका केही गणनाहरु सिस्टममा राख्ने क्रममा जारी रहेकाले यो सङ्ख्या बढ्ने उनले जानकारी दिए । आर्थिक गणना गर्दा केही प्रतिष्ठान एवं व्यवसायको आनाकानी रहे पनि गोपनीयताका बारेमा स्पष्ट पारेपछि अहिले कुनै समस्या नदेखिएको बताइएको छ । उनका अनुसार विगतमा सञ्चालनमा रहेका र हाल बन्द भएका प्रतिष्ठान एवं व्यवसाय करिब ३८ हजारको सङ्ख्यामा भेटिएका छन् ।

देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापको विश्लेषणका लागि समेत आर्थिक गणना निकै महत्वपूर्ण रहेको कार्यालयले जनाएको छ । दोश्रो आर्थिक गणनाको नतिजा आगामी आर्थिक वर्षदेखि निरन्तर सार्वजनिक गरिने समेत जानकारी दिइएको छ । आर्थिक गणनाका लागि ३ हजार ९ सय ७ गणक र ५ सय २६ सुपरिवेक्षक परिचालन गरिएको थियो ।

यसअघि वि‍‍. सं. २०७५ मा भएको पहिलो राष्ट्रिय आर्थिक गणनामा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com