Close

Recent Posts

मनोनित महामन्त्रीमा सुदनको दाबी, लम्साललाई उपसभापति बनाएर शाहलाई प्रमुख सल्लाहकार तान्दै बालेन

सुदन गुरुङको राश्वपाभित्र छुटै समूह

मनोनित महामन्त्रीमा सुदनको दाबी, लम्साललाई उपसभापति बनाएर शाहलाई प्रमुख सल्लाहकार तान्दै बालेनसुदन गुरुङको राश्वपाभित्र छुटै समूह
  • २५ असार २०८३, बिहीबार १२:२७

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मनोनित पदाधिकारीतर्फबाट सुदन गुरुङ महामन्त्री र सुनिल लम्साललाई उपसभापति बन्ने लाइनमा छन् । यसका लागि गुरुङले पनि पार्टीभित्र लविङ र दबाब दुवै बढाएको राश्वपाकै एक नेताले जानकारी दिए ।

mulpatra

रास्वपाको विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समिति रहन्छ, जसमा सभापतिसहित १८ पदाधिकारीमा ११ सदस्य मनोनीत हुन्छन् भने बाँकी निर्वाचित हुन्छन् ।

विधानको व्यवस्थाअनुसार सभापति रवि लामिछानेले मनोनयन गर्ने ५१ केन्द्रीय सदस्यमध्ये ३ प्रवासबाट छान्नुपर्नेछ । त्यस्तै, ११ जना पदाधिकारी मनोनयन गर्नुपर्नेछ । जसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्नुपर्ने हुन्छ ।

mulpatra

पार्टीभित्र आपसी सम्झदारी नहुँदा मनोनयन भएको छैन । राश्वपा स्रोतका अनुसार शुक्रबारभित्र बालेन र रविबिच सहमति भए ११ जना पदाधिकारी मनोनयन हुन्छ ।

राश्वपाकै एक नेताका अनुसार हाल गृहमन्त्री समेत रहेका सुदन गुरुङनै महामन्त्री पदमा मनोनयन गर्नुपर्ने दबाब बालेन र रविलाई दिइरहेका छन् । गुरुङले महामन्त्री मनोनयनका लागि पार्टीभित्र आफनो छुटै समूहसमेत निर्माण गरिरहेको ती नेताको दाबी छ ।

Image Source: © https://mulpatra.com

सुदनले पार्टीभित्र एउटा समूहनै गोप्य तरिकाले बनाएका छन् । आफनो बेग्लै समूह भनेर सुदनले महामन्त्रीका लागि दबाब दुवै नेतालाई दिइरहेको छ ।

साथै पुर्वाधारमन्त्री सुनिल लम्साललाई बालेन उपसभापति बनाएर भुपदेव शाहलाई प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा लैजाने तयारी समेत भएरहेको छ । यसका लागि बालेनले आफुनिटक नेतासँग छलफल पनि गरिसकेका छ ।

पार्टीको निर्णयअनुसार दुवै नेताले अब पार्टीको संगठन विस्तार, नीति कार्यान्वयन र राजनीतिक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनिएपनि अहिले गुटगत रुपमा राश्वपा गएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी गरेको विधानमा ‘किर्ते’ गरिएको बालेनपक्षले आरोप लगाएको छ ।

चौथो संशोधनसहित सार्वजनिक विधानका कतिपय प्रावधानमा फाइनल ड्राफ्ट तहगत समितिबाट पास गरे पनि सार्वजनिक गर्ने क्रममा केही बुँदाहरू थप गरिएको प्रति बालेन पक्षले असन्तुष्ट छ ।

सोमबार पार्टीले सार्वजनिक गरेको विधानमा संसदीय दलको नेता फेर्न सक्ने दफा– ६८ र अन्य केही दफाका प्रावधानमा हेरफेर गरी ‘झेली’ गरिएको असन्तुष्ट पक्षको गुनासो बालेन पक्षको छ । ‘चितवनमै बसेको केन्द्रीय कमिटी बैठकमा पनि विधानको अन्तिम ड्राफ्टबारे छलफल भएको थियो । भाषागत हिसाबले केही शब्दमा तलमाथि हुन सक्छ भनिएको पनि बालेनलाई समस्या हुने गरी विधान आएको छ । जसका कारण बालेनपनि अहिले रविसँग संशकित छन् ।

रास्वपाले ३० वैशाखमा तत्कालीन सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति बनाएको थियो, जसमा डा. चन्दा कार्की, गणेश पराजुली, सुशान्त वैदिक र प्रकाशचन्द्र परियार सदस्य थिए ।

विधानको ड्राफ्ट र विधानमा खासै फेरबदल नभएको मितिका सदस्य परियारले जानकारी दिए । विगतमा भएको छलफलकै आधारित विधान भएको उनको भनाइ छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com