चिकित्सक भन्छन्, कुनै पनि समयमा गणेश नेपालीको अवस्था बिग्रन सक्छ
काठमाडौं– जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्था जुनसुकै समयमा बिग्रन सक्ने वीर अस्पतालले जनाएको छ ।

आज पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालीको स्वास्थ्य अस्थिर रहेको र जुनसुकै समयमा थप विग्रन सक्ने जानकारी दियो ।
‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ ।’
![]() |
![]() |
![]() |
|---|
अनुहारमा आगो लागेर स्वास प्रश्वासमा असर गरेपछि बिरामीलाई जोगाउन जटिल हुने भए पनि आफूहरूको प्रयास जारी रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिए ।
वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको नेपालीको शरीर ५५ प्रतिशत जलन भएको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहेका छन् ।
Image Source: © https://mulpatra.com
बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको अस्पतालले बताएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



