बैरो विभागको फेमिसमा समस्या, ३ महिना अगाडीको पुरानो तथ्यांक मात्र देखाउँछ
काठमाडौं– वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या आएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि आवश्यक पर्ने अनलाइन प्रणालीमा समस्या आएको छ । जसले गर्दा वैदेशिक रोजगारी व्यवसायीले लिएको पुर्व श्रम स्वीकृतिको तथ्यांक पुरानो मात्र देखाइरहेको छ ।
विभागको फेमिसमा पटक–पटक समस्या आउने गरेको छ । जसका कारण विदेशीने कामदार र व्यवसायी हैरान छन् ।
![]() |
![]() |
![]() |
|---|
विभागको अनलाइन प्रणालीमा पटक पटक यस्तै खालको समस्या आउँदै गरेको छ । प्रयोगकर्ता बढी भएको र सर्भरको क्षमता कम भएकाले यस्तो समस्या आउने गरेको विभागले जनाएको छ । त्यसका लागि विभागले आफ्नो सर्भरलाई अपग्रेड गर्ने कार्य गर्दै आएको छ ।
फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने गरेको श्रमिकको ओरेन्टेशन र बायोमेट्रिकको कनेक्सनमा समस्या आएको विभागले जनाएको छ । उक्त समस्या आएपछि विभागले सेवाग्राहीलाई मध्यनजर गर्दै अर्को विकल्प अघि सारेको छ ।
नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक सेक्सनलाई स्किप गर्ने र ओरेन्टेशन सेक्सनको लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाहरूबाट जारी गरेको दुई दिने अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र फेमिस प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



