द रिभर म्यानपावरको बदनाम गराउन अनुगमनको इष्यु बनाएर ‘बार्गेनिङ’का लागि दुष्प्रचार समाचार छापिदैतथ्यहीन प्रचारले व्यवसायिक प्रतिष्ठामा आँच पुग्ने व्यवसायीकै दाबी
काठमाडौं– द रिभर म्यानपावर प्रालिको बदनाम गर्ने उद्देश्यले अनुगमनको नाममा विभिन्न माध्यमबाट दुष्प्रचारको समाचार छापिएको छ ।

२ साताअघि म्यानपावरमा वैदेशिक रोजगार विभागले नियमित अनुगमन गरेको थियो । अनुगमनका क्रममा त्यस्तो नचाहिँदो राहदानीसहितका केही प्रमाण नभेटिएको विभागले जनाएको छ ।
अनुगमनमा विभागका कर्मचारीसहित पत्रकार पनि थिए ।
तर त्यहाँ कुनै त्यस्तो नचाहिँदो काम गरेको प्रमाण नभेटेपछि अनुसन्धानका लागि विभागले म्यानपावरलाई बोलाएको थियो । जसका साँची मूलपत्र स्यंम पनि थियो । हाल समाचार आएजस्तो द रिभरबाट विभागले ठगिको कुनै प्रमाण भेटाएको थिए ।
![]() |
![]() |
![]() |
|---|
पत्रकारसहित गरिएको उक्त अनुगमनसँग जोडेर केही सञ्चारमाध्यममा ‘बार्गेनिङ’का लागि समाचार छापिएको प्रति संस्थाले आपत्ति जनाएको छ ।
कम्पनीका प्रतिनिधिहरूले नियामक निकायको अनुगमनलाई आफूहरूले सहयोग गरिरहेको बताउँदै, पुष्टि नभएका सूचना र आरोपहरू सार्वजनिक हुँदा संस्थाको व्यवसायिक प्रतिष्ठामा नकारात्मक असर परेको गुनासो गरेका छन् ।
‘बार्गेनिङ’कै लागि केही सञ्चारमाध्यमले द रिभर म्यानपावरको बदनाम गराउन समाचार लेखेको व्यवसायीकै आरोप छ । द रिभर म्यानपावरले नेपालको सबैभन्दा बढी कामदार पठाउने संस्था हो ।
Image Source: © https://mulpatra.com
कम्पनीले यदि कुनै कानुनी वा प्रशासनिक विषय रहेको भए सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान हुनुपर्ने र तथ्यका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्ने जनाएको छ ।
साथै, सत्यतथ्यभन्दा बाहिर गएर गरिने प्रचारप्रसारले सेवाग्राही, कर्मचारी तथा समग्र वैदेशिक रोजगार क्षेत्रमै भ्रम सिर्जना गर्न सक्ने उल्लेख गरेको छ ।
द रिभर म्यानपावर प्रालिले आफ्नो संस्थालाई बदनाम गर्ने उद्देश्यले अनुगमनको नाममा ‘बार्गेनिङ’ गर्न खोजिएको तथा त्यसकै सन्दर्भमा दुष्प्रचारात्मक समाचार प्रकाशित गरिएको आरोप लगाएको छ ।
कम्पनीले यस्ता समाचारहरू तथ्यमा आधारित नभएको दाबी गर्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग गरेको जनाएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



