Close

Recent Posts

प्रसाई भन्छन् , जनताले १ किलो पिठो– नुन नकिनेका प्रधानमन्त्रीभन्दा दुर्गा प्रसाई ठिक भन्ने दिन आयो

सरकार दसैँसम्म टिकाओ, त्यसपछि हेरौंला

प्रसाई भन्छन् , जनताले १ किलो पिठो– नुन नकिनेका प्रधानमन्त्रीभन्दा दुर्गा प्रसाई ठिक भन्ने दिन आयोसरकार दसैँसम्म टिकाओ, त्यसपछि हेरौंला
  • २८ असार २०८३, आईतवार १६:०६

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले सरकारले बहुमतका नाममा जनतालाई दुख दिइरहेको आरोप लगाए ।

mulpatra

उनले एक किलो पिठो र नुन नकिने व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा अहिले जनताले दुख पाएको आफनै निवासमा पत्रकार सम्मेलन गदै जानकारी दिए ।

दुर्गा प्रसाईले आफनै देशमा हिडंन सरकारसँग अनुमति लिनुपर्ने हो भन्दै उनले सरकारलाई समेत प्रश्न गरे । सुकुम्वासी सडकमा पुगे । आत्मदाह बढ्दो छ । सरकारले जनता मार्ने तिर मात्र लागेको पाइयो भन्दै उनले सरकारसँग प्रश्न थपे ।

mulpatra mulpatra mulpatra

सहकारी, बैंक पीडित र सुकुम्वासी ८० प्रतिशत जनताको आफुलाई साथ भएको समेत प्रसाईको दाबी छ । प्रसाईँले भने, ‘दुर्गा प्रसाईँले बोल्छ भनेर भँडुवा भनेको छ उचालेर हिँड्यो भनेको छ । सुकुमबासीलाई मैले खोलामा हालेको हो ? गणेशलाई मर्ने मैले बनाइदिएको हो ?’ वालेन सरकार अल्गोरिदम कब्जा गरेर फाँसिवाद ल्याउनतिर लागेको उनले ठोकुवा गरे ।

सरकारले जनतालाई बहुमतका नाममा दबाब मात्र दिन थालेपछि विद्रोह सुरु भएको र अब प्रधानमन्त्रीभन्दा दुर्गा प्रसाई ठिक भन्ने दिन आएको उनको दाबी छ । ‘पृथ्वीनारायण शाहको फोटो टेक्ने, गाई काटेर खानुपर्छ भन्नेको विरोध गर्दा सरकारले जनतालाई समाउँछ । यो अपराध हो ।’ उनले भने ।

प्रसाईँको भनाइ थियो, ‘दसैँसम्म हेर तिमीहरू । दसैँसम्म टिकाओ । जुनबाटो आएको थियो त्यही बाटो जान्छौ । जुन तरिकाले बम बारुद थुलो, आगोको लप्का थियो नि त्यही तरिकाले तिमीहरू जाँदैछौ । सिकाएको तिमीहरूले नै हो । अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हैनौ ?’

Image Source: © https://mulpatra.com

उनले आफू भँडुवा भन्दै सरकारले धरपकड गरिरहेको र फसाउन लागिरहेको भन्दै त्यो सफल नहुने बताए ।

‘बोल्नै नहुने भएको छ । गणेशले जरिवाना तिर्न नसकेर आत्मदाह ग¥यो भन्दैछन् घण्टेहरू । उनीहरूजस्तो लुटेरा हो ? यस्तो त राक्षसहरूको भूगोलमा पनि हुँदैन । अब अल्गोरिदम हाम्रो पक्षमा आउँछ । हाम्रो अभियानले सार्थकता पाउँछ ।’

उनले यो व्यवस्थाले नागरिकलाई आफैँमाथि पेट्रोल खन्याएर मर्ने बनाएको भन्दै आफूहरूले गरीखान देऊमात्र भनेको बताए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com