शंकास्पद गाडी पार्किङको विषयमा मौन बसे रास्वपा सांसद
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू सोमबार काठमाडौंका विभिन्न ठाउँमा भएको शंकास्पद गार्डी पाार्किङको विषयमा मौन बसेका छन् ।

विपक्षी दलहरूले प्रतिनिधिसभामा मिडिया हाउसहरू, नेपाली कांग्रेसका सभापति गगन थापा र भाटभटेनी अगाडि सोमबार भएको शंकास्पद गार्डी पाार्किङको विषय उठाए । तर रास्वपाका सांसदहरू मौन बसे ।
आकस्मिक समय, शून्य समय र विशेष समयमा रास्वपाका सांसदहरूले निर्वाचन क्षेत्रको विषय उठाए । विदेशमा रहेका नेपालीको दुःखका विषय उठाए । तर, शंकास्पद गार्डी पाार्किङको विषयमा मौन बसे ।
![]() |
![]() |
![]() |
|---|
रास्वपा सांसद अमरेश कुमार सिंहले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का युवा विवेक मण्डलको आत्मदाहको विषय उठाए ।
एक हप्तामै ३ जना युवाले आत्मदाह गरेर मृत्युवरण गरेको स्मरण गरे । तिनै जनाको प्रति संवेदना व्यक्त गर्दै विवेक मण्डलको केसमा प्रधानमन्त्री, रास्वपा पार्टी सभापति रवि लामिछानेबाट चासो व्यक्त भएको र स्वास्थ्य मन्त्रीको तर्फबाट पनि राज्यले हेलिकप्टर पठाएर उपचारको लागि प्रयास गरेको बताए ।
साथै उनले आफूलाई अनुभवी सांसदको रुपमा प्रस्तुत गर्दै जनतामा रहेको निराशा संसदबाट कम गर्नुपर्ने बताए । संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दल र संसद बाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने बताए ।
Image Source: © https://mulpatra.com
‘लोकतन्त्र रह्यो भने फेरी हामी राजनीति गरौंला । कोहि सत्ता पक्षमा होला कोहि प्रतिपक्षमा होला । सत्ता र प्रतिपक्ष स्थायी होइन,’ उनले भने, ‘आज सत्तामा छ भोलि प्रतिपक्षमा होला जो हिजो सत्ता पक्षमा थियो आज प्रतिपक्षमा छन् तर जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहिँको नरहौंला ।’
देशमाथि संकट रहेको बताएका उनले पछिल्लो समय सरकारसँग जोडिएर उठेका प्रश्नमा भने केही भनेनन् ।
रास्वपाका अर्का सांसद लालविक्रम थापाले सुनसरीमा गए राति विद्युत्मा समस्या आएको बताए । धरान विद्युत प्राधिकरण शाखामा समस्या आएको कारणले निर्माणको लागि निस्किएका प्राविधिक टोली इटहरी र धरान जंगलमा बीचको जंगलमा गाडी दुर्घटना भएर दुई जनाको ज्यान गएको स्मरण गराए ।
उनीहरूको परिवारलाई उचित क्षतिपूर्ति दिनुपनेर्ए भनेर सरकारको ध्यानाकर्षण गरे ।
रास्वपा सांसद दिपक कुमार साहले सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत बारा क्षेत्र प्रकाशपुर चक्रघट्टी राजा बास मधुबन गल्फ इडिया लगायत क्षेत्रका नागरिकहरु भोगिरहेको विद्युत समस्याको विषय उठाए ।
‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, एक हप्ता देखि यो क्षेत्रमा दैनिक १२ देखि १८ घण्टासम्म विद्युत अवरोध हुने । पटकपटक लाइन जाने आउने भइरहेको छ ।’
भोल्टेजमा हुने असामी उतारचढावका कारण जनजीवन अत्यन्त कष्टकर बनेको बताए । विद्यार्थीको अध्यापन अध्ययन प्रभावित भएको बताए । खानेपानी वितरणमा समस्या आएको सुनाए । होटल, डेरी, आइसक्रिम व्यवसाय तथा साना उद्योगहरु घाटामा गएको उल्लेख गरे ।
रास्वपाकै सांसद शम्भु कुमार यादवले सिरहाको गोलबजार नगरपालिका ७ चौरबा स्थित पशु हटबजार परिसरमा खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन जना मासूम बालबालिकाको मृत्यु भएको बताए ।
जसमा १२ वर्षीय शबनम खातुन १० वर्षीय रुबिना खातुन र ७ वर्षीय सैफुल शेखको डुबेर निधन भएको थियो । यो घटना एउटा परिवारको पीडा नभएर सार्वजनिक सुरक्षा र स्थानीय निकायको जिम्मेवारी भएको बताए ।
जोखिम व्यवस्थापनसँग जोडिएको गम्भीर प्रश्न भएकाले सरकारले यसमा ध्यान दनुपर्ने आग्रह गरे ।
रास्वपाका अरु सांसदहरू पनि संसद्मा बोले । तर कसैले पनि शंकास्पद गार्डी पार्किङको विषय उठाएनन् । बरु विपक्षी दलहरूले यो विषय उठाउँदा त्यसक्रममा व्यक्त गरिएका शब्दहरूप्रति नियमापत्ति गरे ।
अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो ।
एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका थिए । कसले यस्तो ग¥यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।
यो विषयलाई नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले ‘राज्य संरक्षित केही मान्छेहरूबाट नै भएको गतिविधि’ भने ।
यसमा नियमापत्ति गर्दै रास्वपा सांसद टिका संग्रौलाले ‘एउटा व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सिंगो राज्यलाई मुछ्न’ नपाइने बताइन् ।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले एक पछि अर्को प्रश्नको घेरमा सरकार रहेको तर जवाफ नदिएको भनेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई श्री ८ को संज्ञा दिए ।
लगत्तै रास्वपाका सांसद शिवशंकर यादवले ‘श्री ८ को सरकार भनेर भएको सम्बोधनलाई संविधानले नस्वीकार्ने बताए । ‘सदनले पनि त्यो भाषा स्वीकार्दैन । त्यो रेकर्डबाट हटाउन माग गर्दछु ।’
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



