रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी ठुलो आक्रमण
काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रहरूको ठूलो श्रृंखलाबद्ध आक्रमण गरेको गरेको छ । यो रुस युक्रेन युद्ध सुरू भएपछिकै सबै ठूलो आक्रमण हो । यो आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।

शनिबार रातभर किभ क्षेत्रका विभिन्न स्थानहरूमा आक्रमण भएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यो आक्रमणलाई ‘किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक’ भएको बताएका छन् ।
प्रहार गरिएका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटा खसालेको र १०८ वटा ड्रोन पनि अवरोध गरिएको युक्रेनी सेनाको दाबी छ ।

युक्रेनी वायुसेनाका अनुसार किभमाथिको पछिल्लो आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्रसहित विभिन्न रूसी हतियार प्रणाली तथा १२५ वटा ड्रोन प्रयोग गरिएको थियो ।
किभका मेयर भिताली क्लिच्कोले आइतबार आवासीय तथा गैर–आवासीय भवनहरूमा क्षति पुगेको, जसमा सुपरमार्केट र छात्रावास पनि रहेको बताएका छन् । दमकलकर्मीहरू दुईवटा गोदाममा लागेको आगो निभाउने प्रयासमा जुटिरहेका छन् ।
Image Source: © https://mulpatra.com
टेलिग्राममार्फत सन्देश जारी गर्दै जेलेन्स्कीले गत एक सातामा रुसले युक्रेनविरुद्ध करिब १ हनार ४ सय ५० आक्रमणकारी ड्रोन, १ हजार ६ सय ४० भन्दा बढी निर्देशित बम र ९९ विभिन्न प्रकारका क्षेप्यास्त्र प्रयोग गरेको बताएका छन् ।
युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका दुईवटा गोदाममा ड्रोन आक्रमण गरेपछि रुसले आइतबार जवाफी आक्रमण गरेको हो ।
(एजेन्सी)
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
