दुग्ध उत्पादकलाई डीडीसीको ‘डेडलाइन’:साउनभित्र सम्पर्क नगरे दूध नकिन्ने

दुग्ध उत्पादकलाई डीडीसीको ‘डेडलाइन’:साउनभित्र सम्पर्क नगरे दूध नकिन्ने
  • ३ श्रावण २०८३, आईतवार २०:५९

काठमाडौं– सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको छ ।

mulpatra

लामो समयदेखि देशभरिका किसानबाट दूध संकलन गर्दै आएको डीडीसीले चालु आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई अनिवार्य सम्पर्क र नवीकरणका लागि साउन मसान्तसम्मको समयसीमा (डेडलाइन) तोकेको छ ।

डीडीसी केन्द्रीय कार्यालय लैनचौरले सूचना जारी गर्दै दूध संकलनलाई ‘प्रविधिमैत्री, अनुमानयोग्य, दिगो र थप व्यवस्थित’ बनाउने नयाँ नीति अख्तियार गरेको जनाएको छ ।

mulpatra

डीडीसीसँग निरन्तर दूध कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्मले साउनभित्र अनिवार्य सम्पर्क गरिसक्नुपर्ने छ ।तोकिएको समयभित्र सम्पर्कमा नआउने संस्था तथा फार्महरूको दूध खरिद गर्न संस्थान बाध्य नहुने स्पष्ट पारेको छ ।

‘२०८३ साउन मसान्तसम्म सम्पर्कमा नआउने संस्था तथा फार्मसँग दूध कारोबार गर्न संस्थान बाध्य नहुने बेहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा छ । सूचना अनुसार साउन मसान्तपछि सम्पर्कमा नआएका फार्म वा सहकारीको दूध डीडीसीले नउठाउन पनि सक्ने देखिन्छ ।

Image Source: © https://mulpatra.com

आफ्नो कारोबार डीडीसीसँग निरन्तर जोडिराख्न चाहने उत्पादकले पायक पर्ने संस्थानका विभिन्न जिल्लामा रहेका आयोजना कार्यालय वा चिस्यान केन्द्र (चिलिङ सेन्टर) हरूमा सम्पर्क गर्नुपर्ने छ ।

५७ वर्षदेखि दुग्ध क्षेत्रमा काम गर्दै आएको डीडीसीले सहकारी संस्था, निजी फार्म र किसानबाट दूध संकलन गर्दै आइरहेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com