Close

Recent Posts

‘अँध्यारो बस्तीकी नायिका’लाई सम्मान

‘अँध्यारो बस्तीकी नायिका’लाई सम्मान
  • १४ मंसिर २०८०, बिहीबार १३:५६

नवोदित कथाकार दिला शाहद्वारा लिखित कथासंग्रह ‘अँध्यारो बस्तीकी नायिका’लाई सनत रचना कथा सम्मान’ प्रदान गरिएको छ ।

mulpatra

वरिष्ठ कथाकार सनत रेग्मीद्वारा आफू र श्रीमतिको नाममा स्थापित उक्त सम्मान मध्यपश्चिम स्रष्टा समाजले २०७९ सालका लागि शाहद्वारा लिखित अँध्यारो बस्तीकी नायिका’लाई प्रदान गरेको हो

स्रष्टा समाजले नेपालगन्जमा आयोजना गरेको सम्मान हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा. डा. कृष्णप्रदाद घिमिरेले कथाकार शाहलाई हस्तान्तरण गरे ।

mulpatra mulpatra mulpatra

नगर १० हजार एक सय ११ रुपैयाँ राशिसहितको सम्मान हस्तान्तरण गर्दै घिमिरेले कथाकार शाहमा राम्रो कथाकार हुने क्षमता देखिएकोले निरन्तर साधनामा लाग्न आग्रह गरे

सम्मानित पुस्तकमाथि आफ्नो समीक्षकीय धारणा राख्दै समीक्षक लेकप्रसाद प्याकुरेलले कथा संग्रहमा नारी पात्र प्रमुख रहेका र बाल मनोविज्ञानका कथा पनि पठनीय रहेका धारणा राखे ।