Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

`फर्की–फर्की’ चलचित्र बन्ने, बालीमा छायाङ्कन हुँदै

`फर्की–फर्की’ चलचित्र बन्ने, बालीमा छायाङ्कन हुँदै
  • १५ मंसिर २०८०, शुक्रबार ०६:१२

ललितपुर। ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र  ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ। मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायाङ्कन गरिएको हो। 

mulpatra

cg inside

“ चलचित्र प्रेम–कथानक भए पनि अघिल्ला भन्दा फरक छ। प्रेममा आएको नयाँपनलाई यसमा प्रस्तुत गर्नेछौँ । यसमा प्रेम कथासँगै अन्य विषय पनि समावेश गरिएको छ”, अभिनेता केसीले भन्नुभयो।

निर्देशक सुयोग गुरुङले अभिनेता केसीलाई सुहाउँदो तर नयाँ भूमिकामा प्रस्तुत गरिने जानकारी दिए। उनले भने,“युवापुस्ताले खोजिरहेको विषयमा उहाँहरूकै प्रिय कलाकारलाई लिएर चलचित्र तयार गर्दैछु। यसले प्रेमको नयाँ व्याख्या पनि प्रस्तुत गर्नेछ।”

mulpatra mulpatra mulpatra
Arghakhachi Cement
Shree Steel

चलचित्रमा अभिनेता केसीसँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारले अभिनय गर्ने भएका छन्। 

रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा निर्देशक गुरुङको लेखन, नरेन्द्र मैनालीको छायाङ्कन र अष्ट महर्जनको द्वन्द्व निर्देशन हुनेछभने किरण थापाले नृत्य निर्देशन, निमेष श्रेष्ठले सम्पादन गर्नेछन्। चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले बताए। रासस