एकैसाथ दुई पुस्तक विमोचन

एकैसाथ दुई पुस्तक विमोचन
  • १५ मंसिर २०८०, शुक्रबार ०६:४७

भक्तपुर– शिक्षाप्रेमी, भाषाविद्, साहित्यकार एवं मध्यपुरथिमिका संस्कृतिविद् गणेशराम लाछीद्वारा लिखित दुई पुस्तक आज एकैसाथ मध्यपुरथिमिमा विमोचन गरिएको छ ।

बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले लाछीका दुई पुस्तक ‘कर्मयोगी गणेशराम लाछी र बागमती प्रदेशका मूर्त–अमूर्त सङ्गीत’को विमोचन गरेका हुन् ।

विनायक शिक्षा निकेतन, अक्षरमार्ग प्रकाशन, मध्यपुर कला परिषद् र ख्यालिगुलु गुथिले आज संयुक्तरूपमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा मन्त्री डा श्रेष्ठले भाषा, साहित्य, गीत, सङ्गीत, कला, संस्कृति देशकै जीवन्त संस्कृति र धरोहर भएकाले यसको संरक्षणमा यस्ता पुस्तक निकै उपयोगी हुने बताए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले यहाँको सम्पदा, कला, संस्कृति र मूर्त–अमूर्त सम्पदाको संरक्षणमा लागिरहेको बताए । उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमि सम्पदाको सहर भएको चर्चा गर्दै यहाँका कला, संस्कृतिको संरक्षण र पछिल्ला पुस्तालाई जानकारी गराउन यस्ता पुस्तक निकै उपलब्धिमूलक हुने बताए ।