हर्क साम्पाङले पाए कलाकारको साथ

हर्क साम्पाङले पाए कलाकारको साथ
  • ९ पुष २०८०, सोमबार १४:५८

धरान /  सुम्निमा-पारुहाङको प्रतिमा स्थापना गर्न धरानका मेयर हर्क साम्पाङले चलाएको अभियानमा कलाकारले पनि साथ दिएका छन् । काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोगको घोषणा गरे । उनीहरुले अभियानमा जनही १-१ लाख रुपैयाँ दिने बचन दिए ।

अन्य कलाकारहरु शान्तिराम राई, सत्यकला राई, एलिसा राई, अशोक मुकारुङ पनि छलफलमा थिए । सुम्निमा-पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने विश्वास दयाहाङले ब्यक्त गरे । ‘किराँती दर्शनलाई हामीले जसरी बुझेका छौं, त्यसलाई हामीले बाहिर लैजान सकेका छैनौं’ दयाहाङको भनाई छ । धरानका मेयर साम्पाङले कलाकारको साथ पाउँदा आफूले भाग्यमानी महसुस गरेको बताए ।