‘र्‍याप ब्याटल नेपाल’ एपीवानमा

‘र्‍याप ब्याटल नेपाल’ एपीवानमा
  • २७ पुष २०८०, शुक्रबार १५:२९

र्‍याप गीतलाई समेटेर र्‍याप ब्याटल नेपाल नामक टेलिभिजन रियालिटी शो प्रसारणमा आउने भएको छ । एपीवान टेलिभिजनबाट प्रसारणमा उक्त कार्यक्रमको आयोजक युजिसा इन्टरनेसनल तथा सहआयोजक राज्य मिडिया नेटवर्कले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ २५ गतेदेखि अडिसन सुर हुने जानकारी दिए ।

फेब्रुअरीबाट अडिसन सुरु हुने र्‍याप ब्याटल नेपाल को अडिसन नेपालका प्रमुख शहर काठमाडौं, पोखरा, झापा, इँटहरी, चितवनसहित भारतका दार्जिलिङ, सिलीगुढी र सिक्किममा पनि गर्ने कार्यक्रम रहेको बताइएको छ ।