Close

Recent Posts

जनताको निराशा चिर्न संवाद यात्राः महामन्त्री थापा

जनताको निराशा चिर्न संवाद यात्राः महामन्त्री थापा
  • १३ माघ २०८०, शनिबार १०:००

झापा । नेपाली कांग्रेसका महामन्त्री युवा नेता गगन थापाले पार्टी प्रति जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरको गुनासो सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताउनुभएको छ ।

mulpatra

हुलाकी राजमार्ग केन्द्रित उक्त कार्यक्रममा आज भारत सिमासँग जोडिएको भद्रपुरस्थित मेची पुल छेउ आयोजना गरिएको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप यात्रा आरम्भ गरेको बताउनुभयो ।

“जनतामा निराश छ त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर नेपाली कांग्रेसले समाज परिवर्तनसहित निराशामुक्त बनाउनुछ ।” उहाँले यात्रा आरम्भ गर्नु अघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको शालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकन लगायत गरिएको बताउनुभयो ।