सरकार महँगियो त भान्सा, गुजारा कसरी चलाउनु ?

खोई त महँगो नियन्त्रण

सरकार महँगियो त भान्सा, गुजारा कसरी चलाउनु ?खोई त महँगो नियन्त्रण
  • ८ बैशाख २०८३, मंगलवार १५:५५

काठमाडौं–मध्यपूर्वमा युद्ध हुँदा त्यसको असर हरेक नेपालीको भान्सामा परेको छ । चामलसहित खाद्यान्न, दाल, खाने तेल, चामल लगायतको मूल्य सामान्यदेखि मध्यम स्तरले बढ्दा भान्सा महँगो बनेको हो ।

mulpatra

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अध्ययन गरी तयार पारेको चैतको प्रतिवेदनमा मूल्यवृद्धिको मुख्य तीन कारण देखाएको छ । पहिलो कारण इन्धनमा ६ पटक भएको मूल्यवृद्धि हो । चैतमा मात्र पेट्रोलियम पदार्थको मूल्य पाँच पटक बढाइएको छ ।

फागुनमा १५७ रुपैयाँ रहेको पेट्रोल चैत २६ मा आउँदा २१९ रुपैयाँ र डिजेल १४२ रुपैयाँबाट २०७ रुपैयाँ पुगेको छ । यसले ढुवानी भाडामा भएको वृद्धिले उपभोक्ताको भान्सा महँगिएको हो । तर सरकारले तेलमा कर छुट दिएपनि मुल्यबृद्धिमा केही फरक परेन ।

mulpatra mulpatra mulpatra

महँगी बढ्नुका कारण तलेको मुल्य वृद्धि र भारतबाट आउने कच्चा पदार्थको मूल्य वृद्धि भनिएको हो । विभागले अध्ययन गरी तयार पारेको चैतको प्रतिवेदनअनुसार दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, तरकारी र फलफूलको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ ।

प्रतिवेदनमा चैत १६ गते अमेरिकी डलरको बिक्री दर अधिकतम १५२.०१ रुपैयाँसम्म पुगेको थियो । आयातमा आधारित नेपाली बजारका लागि डलरको मूल्य बढ्नु भनेको सिधै उपभोग्य वस्तुको लागत बढ्नु हो ।

तेस्रो कारण अन्तर्राष्ट्रिय भू–राजनीति रहेको छ । इरान–इजरायल अमेरिका तनाव र विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको अस्थिरताले नेपाली बजारमा मूल्यवृद्धि भएको हो ।

Image Source: © https://mulpatra.com

पछिल्लो समय सामान्य उपभोक्ताले किन्न नसक्ने गरी महँगी बढेको संरक्षण विभागको प्रतिवेदनमा भनिएको छ ।

काठमाडौं र मोफसलका बजारबीच मूल्यको ठूलो अन्तर देखिएको छ । मुलुकका ६ मुख्य व्यापारिक केन्द्रहरू विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी र काठमाडौं उपत्यकामा गरिएको अध्ययनले मूल्यमा ठूलो असमानता देखाएको हो ।

गोलभेंडा विराटनगरमा प्रतिकिलो ३३ रुपैयाँ पर्नेमा काठमाडौंमा ७५ रुपैयाँ पुगेको छ । स्थानीय काउली चैत सुरुमा प्रतिकिलो २१ रुपैयाँ रहेकामा महिनाको अन्ततिर ८५ रुपैयाँ पुगेको छ । यो ३०४.७६ प्रतिशतको वृद्धि हो । हाइब्रिड घिउ सिमी प्रतिकिलो २५ रुपैयाँबाट बढेर १०० रुपैयाँ पुगेको छ ।

यस्तै, सुकेको खुर्सानी धनगढीमा ५ सय रुपैयाँ प्रतिकिलो हुँदा काठमाडौंमा ५ सय ५० रुपैयाँ पुगेको छ । ब्रोकाउली १८७.८७ प्रतिशत र लाम्चो हरियो फर्सीको मूल्य २०० प्रतिशतले बढेको छ । निउरो, च्याउ र तोफुजस्ता केही वस्तुको मूल्य स्थिर छ ।

काठमाडौं उपत्यकामा तराईका शहरको तुलनामा मूल्य केही बढेको छ । दूध र घिउको मूल्यमा स्थान विशेषअनुसार सामान्य उतारचढाव देखिएको छ । माछामासु र दुग्धजन्य पदार्थ, खसी र ब्रोइलर कुखुराको मासुको औसत मूल्य स्थिर रहेको छ । अण्डाको मूल्य भने वृद्धि भएको छ ।

प्रतिवेदनअनुसार लङ ग्रेन चामल, मासको दाल र रहर दालको मूल्य बढ्दा मुसुरो र चना दालको मूल्यमा सामान्य गिरावट आएको छ । खाने तेल (भटमास, सूर्यमुखी) को मूल्य पनि चैतमा केही बढेको छ ।

अध्ययनअनुसार चामलको मूल्यमा तराईका शहर र काठमाडौंबीच ठूलो खाडल छ । तराईको तुलनामा काठमाडौंमा दोब्बर मुल्यमा फरक पनि प्रतिवेदनमा देखाइएको छ ।

जनरल सोना मनसुली चामल वीरगन्जमा प्रतिकिलो ५९ रुपैयाँमा पाइँदा काठमाडौं उपत्यकामा ९५ रुपैयाँ पुगेको छ । यस्तै, बासमती चामल वीरगन्जमा १६० रुपैयाँमा पाइँदा काठमाडौंमा १८५ रुपैयाँ पुगेको छ । ढुवानी भाडा र बिचौलियाको सक्रियताका कारण राजधानीको भान्सा बढी महँगो भएको अध्ययनको निष्कर्ष छ ।

यस्तै, रहर दाल (नन–पोलिस) काठमाडौंमा प्रतिकिलो ३ सय रुपैयाँसम्म पुगेको छ । यही दाल भैरहवामा १९८ रुपैयाँमात्र छ । यस्तै, मासको दाल नेपालगन्जमा प्रतिकिलो २३० रुपैयाँ हुँदा भैरहवामा १४८ रुपैयाँमात्रै छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com