संघका अध्यक्ष गुरुङलाई ३ हप्ते कारवाही, श्रेष्ठलाई कार्यवाहकको जिम्माकानुन मिचेको भन्दै स्पष्टीकरण सोधियो
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङलाई संघको नियम मिचेको विषयमा स्पष्टीकरणसहित कारवाही गरिएको छ ।

गुरुङले संघभित्रै केही व्यवसायको सहयोगमा गत आइतवार नवराज केसी र धनलाल जैसीलाई हटाइएको विषयमा स्पष्टीकरण पनि सोधिएको छ ।
आज संघकै वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठको नेतृत्वमा बसेको कार्यसमितिको बैठकले सल्लाहकारलाई हटाइएको गरेको फिर्ता, कारवाही गर्नुको स्ष्टीकरण सोध्दै संघको कार्यवाहक अध्यक्ष श्रेष्ठलाई तोकेको हो ।
![]() |
![]() |
![]() |
|---|
सल्लाहकार केसी र जैसीमाथि कारवाही गर्नुको कारण सोध्दै अध्यक्ष गुरुङलाई ३ सातालाई कारवाही समेत गरिएको संघको एक पदाधिकारीले जानकारी दिए ।
सल्लाहकारलाई संघको नियम विपरित हटाइएको भन्दै ३ हप्ताका लागि स्पष्टीकरणसहित कारवाही समेत गरिएको छ । उनलाई कारवाही गरेपछि कार्यवाहकको जिम्मा श्रेष्ठलाई दिएको छ ।

संघको आज बसेको बैठकले चाँडै व्यवसायीको भेला बोलाई वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्ने र सरकारसँग समन्यवनका लागि काम गर्ने समेत निर्णय गरेको संघले जनाएको छ । उक्त भेला नयाँ कार्यसमितिका लागि निर्णय समेत गर्ने भएको छ ।
Image Source: © https://mulpatra.com
स्पष्टीकरण सोधिएको पत्र

उनले व्यवसायीका हकहितमा काम नगरेको, व्यवसायीलाई उल्टो सरकार, मन्त्री र महानिर्देशक लगाएर म्यानपावर छापा मार्न लगाउने धम्की दिने गरेको विषयमा उनको आलोचना भएको हो ।

गुरुङसँग ९० प्रतिशत म्यानपावर व्यवसायी असन्तुष्ट छन् । यसको मुख्य कारण भनेको गुरुङले व्यक्तिगत भिसामा कामदार पठाएर ठगि, मलेसियाबाट भिसा किनेर ल्याइ कामदार पठाउँदा ठगि गर्ने र सिण्डिकेटधारीसँग मिलेर वैदेशिक रोजगारीमा विकृति भित्र्याउन साँठगाँठ गरेपछि केसीलगायत केही संघका सल्लाहकार र पदाधिकारीले उनीमाथि प्रश्न समेत उठाएका थिए ।
सिण्डिकेटको विरोध गर्न म्यानपावर व्यवसायीलाई समेत गुरुङले आफु श्रम मन्त्री र महानिर्देशकनिकट भएको भन्दै छापा हान्न लगाउने धम्की दिने गरेको व्यवसायीकै गुनासो छ ।
अहिले गुरुङलाई काम गर्न नसकेको भन्दै व्यवसायीले चर्को विरोध गरिरहेका छन् । उनी व्यवसायीका लागि भन्दा पनि सिण्डिकेटधारीका लागि काम गदै आएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



