Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

हिउँदे वर्षा र हिमपात हुने, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन

हिउँदे वर्षा र हिमपात हुने, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन
  • १६ माघ २०८०, मंगलवार १५:२८

अतन्त : नेपालमा हिउँदे वर्षा हुने भएको छ। वर्षा र हिमापात हुने भएपछि  जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

mulpatra

विभागका अनुसार  पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को कारण नेपालमा वर्षा र हिमपात हुने छ । बुधबार अपरान्हबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागका धेरै स्थानहरूमा साधारणतया बदली रहने छ ।

सो प्रणालीका कारण भोलि बुधबार देखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भू-भागहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

mulpatra mulpatra mulpatra

विभागका अनुसार उक्त प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्न सक्ने सम्भावना रहेको छ । आउँदो शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने देखिन्छ ।

यस मौसमी प्रणालीका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले विशेष बुलेटिन मार्फत आग्रण गरेका छ ।