झलनाथ खनालमाथि बक्रदृष्टि राख्दै माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारीले विकास गरेको जनताको बहुदलीय जनवाद (जबज) समाप्त पार्ने कामलाई ठीक भन्न नसकिने बताएका छन् ।
पार्टी उपाध्यक्ष डा.बेदुराम भुसालले लेखेको पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ विमोचन कार्यक्रममा अध्यक्ष नेपालको आक्रोस आफ्नै नेता झलनाथ खनाल लक्षित थियो । पार्टीको बैठकमा जबज विषयमा गम्भिर छलफल चलाएका नेता झलनाथ खनालले पार्टीलाई जबज भन्दा अगाडी लैजानु पर्छ भन्ने धारणा राखेका कारण जबजलाई नबुझ्नेहरुले त्यसको औचित्यमाथि बहस गरिररहेको बताए ।
वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेबाट फुट हुनुपर्ने कारण जनतालाई स्पष्ट पार्नुपर्ने धारणा राख्दै जबजलाई परिष्कृत रुपमा मान्य हुने र जबजै पुर्ण रुपमा मान्ने हो भने पार्टी फुटाएको सान्र्दभिकता पुष्टि नहुने हुनाले पनि हामीले वैचारिक बहस केन्द्रित राजनीतिलाई बढावा दिनुपर्ने जोड दिएका झलनाथ प्रति लक्षित गर्दै ‘केहीकेही स्वनामधन्य व्यक्तिहरुले अब यो पुरानो भइसक्यो । यसको कुनै सान्दर्भिकता छैन भनेर घोषणा गरिरहेका छन्’ अध्यक्ष नेपालले भने, ‘जसले जनताको बहुदलीय जनवादको सारतत्व बुझेको छैन, यसको अन्तर्य बुझेको छैन । उसले यो पुरानो भयो, यसको सान्दर्भिकता सक्कियो भन्दछन् ।’
हिजो जबजलाई दक्षप्रजापतिको टाउको भन्नेहरु आज समाप्त पार्न लागिपरेको समेत उनले बताए । ‘हिजो पनि जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्ने । आज पनि यहाँ आएर यसलाई समाप्त पार्नका लागि लाग्ने त्यो विचारलाई किमार्थ ठिक भन्न सकिँदैन’, अध्यक्ष नेपालले भने ।
नेपालमा जबज अहिले पनि वामपन्थी पार्टीहरुको मार्गदर्शक सिद्धान्त भएको उनले बताए । ‘हाम्रो समाजवादी बहुदलीय प्रतिष्पर्धासहितको समाजवाद हुन्छ । र समाजवादको सिंगो चरणमा वर्गहरुको अस्तित्व रहन्छ’, अध्यक्ष नेपालले भने ।