Close

Recent Posts

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस
  • ७ फाल्गुन २०८०, सोमबार ०२:३१

त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले आज लिएको अन्तर्वार्ताबाट तीन जनाको नाम सिफारिस गरेको छ । समितिले प्रा.डा चित्रबहादुर बुढाथोकी, प्रा.डा केशरजंग बराल,  र प्रा.डा टंकनाथ धमलाको नाम कुलपति समक्ष सिफारिस गरेको हो ।  कुलपति तथा प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार आज लिएको अन्तर्वार्ताबाट तीन जनाको नाम सिफारिस गरेको छ ।

mulpatra

समितिले पहिलो चरणको छनोटमा  ४२ जनाबाट १४ जनाको नाम सार्वजनिक गरेको थियो । समितिले सर्ट लिष्टमा छनोटमा परेका  कुशुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापासंग आज अन्तर्वार्ता लिएको थियो ।समितिले आज लिएको अन्तर्वार्ताबाट तीन जनाको नाम सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।