Close

Recent Posts

कथाकार मिरा काफ्ले पोखरेलको लघुकथा संग्रह लोकार्पण

कथाकार मिरा काफ्ले पोखरेलको लघुकथा संग्रह लोकार्पण
  • २९ फाल्गुन २०८०, मंगलवार ११:१६

कथाकार मिरा काफ्ले पोखरेलद्धारा लिखित लघुकथा संग्रह ‘मिरा काफ्ले पोखरेलका लघुकथा’ लोकार्पण भएको छ । ईलाम नगरपालिका वडा नं.७ स्थित आदर्श माध्यमिक बिधालय को पूर्व बिधार्थी पूनर्मिलन तथा सम्मान कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
विद्यालय स्थापनाको ७६ औं बर्ष पुगेको अवसरमा आयोजना गरिएको पूर्व विद्यार्थी पूनर्मिलन तथा सम्मान कार्यक्रममा धेरै विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इलाम साहित्य कला प्रतिस्ठानका जयनारायण भट्टराई, इलामका बरिष्ठ गितकार संगितकार देवी गौतम, पुर्व व्यवस्थापन समितका अध्यक्ष टि एन भट्टराई, सांसद गोविन्द गिरी, इलाम नगरका विशिष्ट नागरिक युद्धप्रसाद बैद्य, विद्यालयका पुर्व प्राध्यापक विष्णुकुमार घिमिरे लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । साथै विद्यालयका व्यवस्थापन समितिका पुर्व र वर्तमान अध्यक्ष, सदस्यहरु, अभिभावकहरु, शिक्षक कर्मचारी र पुर्व विद्यार्थीहरुको साथै अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।