Close

Recent Posts

पार्टीले मुख्यशत्रु मानेका प्रसाईको कैलाली, कोहलपुर, पोखरा र ढल्केबरमा विशाल कार्यक्रम

पार्टीले मुख्यशत्रु मानेका प्रसाईको कैलाली, कोहलपुर, पोखरा र ढल्केबरमा विशाल कार्यक्रम
  • १३ बैशाख २०८१, बिहीबार ११:५६

काठमाडौं– पछिल्लो समय दुर्गा प्रसाईले आफनो मेडिकल क्लेजको लाइसेन्स पाएपछि आन्दोलन छाडेको दुष्प्रचार सामाजिक सञ्जालमा भइरहेको छ । अहिले प्रसाईको आन्दोलन सेलाएको समेत राजनीतिक पार्टीहरुले दुष्प्रचार फैलाइरहेका छन् ।

mulpatra

प्रसाईको पक्षमा जनसमर्थन देखेर आत्तिएका राजनीतिक दलले उनीविरुद्ध विभिन्न दुष्प्रचार फैलाउन थालेका छन् । प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले जेठ ५ गतेदेखि देशव्यापी कार्यक्रम गर्ने घोषणा गरेको छ । प्रसाई नेतृत्वको महाअभियानले जेठ ५ गते कैलाली, जेठ ७ गते कोहलपुर, जेठ ९ गते पोखरा र जेठ ११ गते ढल्केबरमा बृहत कार्यक्रम गर्दै छ । यी स्थानमा हुने महाअभियानको कार्यक्रममा विशाल जनताको सहभागि हुने प्रसाईको सचिवालयले जनाएको छ ।

जनताका लागि नै भनेर सडकमा आएका हुँ । मैले जनतालाई बीच बाटो अलपत्र नपार्ने प्रसाईले बताएका छन् । राजनीतिक समस्याका कारण देशको अवस्था यस्तो भयो । म महाअभियानमार्फत जनतालाई मुक्ति दिलाउन आन्दोलनमा होमिएको उनले बताए । ‘नेपालमा जनताले धेरै दुख पाएका छन् । यसरी दुख पाउनुको मुख्य कारण अहिलेको राजनीतिक हो । यसको अन्त्य गर्न म लागि परेको छु ।’ उनले भने, ‘अहिले राजनीतिक दलको मुख्य शत्रु म हो । मलाई कसरी हुन्छ सिधाउने खेलमा सबै राजनीतिक दल लागेका छन् । तर म जनतासँग छु । त्यही भएर जनताका बाचा पुरा गर्न लागि परेको छु ।’

सबै दल एकतिर म अर्कोतिर छु । त्यही भएर अहिले उनीहरुलाई दुर्गा प्रसाई राजनीतिक चुनौती ठानेको उनको भनाइ छ । आफु राजनीतिक दलजस्तो स्वार्थ बोकेर आन्दोलनमा आएको होइन । जनतालाई मुक्ति दिलाउन आएको उनको दाबी छ ।