Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

पार्टीले मुख्यशत्रु मानेका प्रसाईको कैलाली, कोहलपुर, पोखरा र ढल्केबरमा विशाल कार्यक्रम

पार्टीले मुख्यशत्रु मानेका प्रसाईको कैलाली, कोहलपुर, पोखरा र ढल्केबरमा विशाल कार्यक्रम
  • १३ बैशाख २०८१, बिहीबार ११:५६

काठमाडौं– पछिल्लो समय दुर्गा प्रसाईले आफनो मेडिकल क्लेजको लाइसेन्स पाएपछि आन्दोलन छाडेको दुष्प्रचार सामाजिक सञ्जालमा भइरहेको छ । अहिले प्रसाईको आन्दोलन सेलाएको समेत राजनीतिक पार्टीहरुले दुष्प्रचार फैलाइरहेका छन् ।

mulpatra

प्रसाईको पक्षमा जनसमर्थन देखेर आत्तिएका राजनीतिक दलले उनीविरुद्ध विभिन्न दुष्प्रचार फैलाउन थालेका छन् । प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले जेठ ५ गतेदेखि देशव्यापी कार्यक्रम गर्ने घोषणा गरेको छ । प्रसाई नेतृत्वको महाअभियानले जेठ ५ गते कैलाली, जेठ ७ गते कोहलपुर, जेठ ९ गते पोखरा र जेठ ११ गते ढल्केबरमा बृहत कार्यक्रम गर्दै छ । यी स्थानमा हुने महाअभियानको कार्यक्रममा विशाल जनताको सहभागि हुने प्रसाईको सचिवालयले जनाएको छ ।

जनताका लागि नै भनेर सडकमा आएका हुँ । मैले जनतालाई बीच बाटो अलपत्र नपार्ने प्रसाईले बताएका छन् । राजनीतिक समस्याका कारण देशको अवस्था यस्तो भयो । म महाअभियानमार्फत जनतालाई मुक्ति दिलाउन आन्दोलनमा होमिएको उनले बताए । ‘नेपालमा जनताले धेरै दुख पाएका छन् । यसरी दुख पाउनुको मुख्य कारण अहिलेको राजनीतिक हो । यसको अन्त्य गर्न म लागि परेको छु ।’ उनले भने, ‘अहिले राजनीतिक दलको मुख्य शत्रु म हो । मलाई कसरी हुन्छ सिधाउने खेलमा सबै राजनीतिक दल लागेका छन् । तर म जनतासँग छु । त्यही भएर जनताका बाचा पुरा गर्न लागि परेको छु ।’

mulpatra mulpatra mulpatra

सबै दल एकतिर म अर्कोतिर छु । त्यही भएर अहिले उनीहरुलाई दुर्गा प्रसाई राजनीतिक चुनौती ठानेको उनको भनाइ छ । आफु राजनीतिक दलजस्तो स्वार्थ बोकेर आन्दोलनमा आएको होइन । जनतालाई मुक्ति दिलाउन आएको उनको दाबी छ ।