Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बीमा पोलिसी सरेन्डर बढे, मासिक साढे एक अर्ब घाटा

बीमा पोलिसी सरेन्डर बढे, मासिक साढे एक अर्ब घाटा
  • २७ जेष्ठ २०८१, आईतवार ०४:४५

काठमाडौं– मासिक १ अर्ब रुपैयाँ रुपैयाँ बराबरको जीवन बीमा पोलिसी सरेन्डर हुने थालेको छ । औसतमा मासिक साढे ८ हजार बढी बीमितले पोलिसी सरेन्डर गर्न थालेको बीमा प्राधिकरणले जनाएको छ । बीमा पोलिसी सरेन्डर गर्ने प्रवृत्तिमा सुधार आउन सकेको छैन ।

mulpatra

नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक वर्ष २०८० ८१ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । १० महिनामा १० अर्ब ७० करोड ३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।

पछिल्लो समय देखिएको आर्थिक शिथिलताकै कारण अवधी (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेखको संख्या र सरेन्डर रकम बढ्दो नै छ ।

mulpatra mulpatra mulpatra

प्राधिकरणको नीतिगत कडाईका बावजुद पनि यस्तो दर बढ्दो क्रममा नै छ। कतिपय बीमा अभिकर्ताहरूले कमिसनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले बीमालेख त्याग्नेको संख्यामा बढ्को विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कति बीमितले भने आफ्नो आर्थिक समस्या समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने पनि गर्छन् ।

निश्चित अवधिमा तोकेर बीमितले बीमा गर्ने गर्छन् । तर, बीमा अवधिमा नसकिँदै बीमितले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन्, त्यसलाई सरेन्डर भनिन्छ । पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ ।

हाल बीमा गरेको न्यूनतम ३ बर्ष पछि मात्रै पोलिसी बन्द गर्न पाइने व्यवस्था छ । यसअघि यस्तो अवधिमा दुई वर्षको रहेको थियो । तर, प्राधिकरण नीतिगत कडाई गरेको गरि अवधिमा बढाएर ३ वर्ष पुर्याएको थियो । सरेन्डरलाई नियन्त्रण गर्नेका लागि प्राधिकरण थप अध्ययन गरिरेहेको छ। सरेन्डर न्युनीकरणका लागि अहिले विभिन्न अध्ययन अनुसन्धान भईरहेको प्राधिकरणले जनाएको छ ।

Image Source: © https://mulpatra.com

कुल सरेन्डरमा नेपाल लाइफको हिस्सा ३५.५३ प्रतिशत,

कुन कम्पनीको कति रु प्राधिकरणका अनुसार सबैभन्दा धेरै नेपाल लाइफका बीमित पोलिसी सरेन्डर गरेका छन् । १० महिनामा कम्पनीका बीमितले २४ हजार ३३० वटा पोलिसी बन्द गरेका छन् । सो अवधिमा कम्पनीको सरेन्डर रकम भने ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ छ । यो कुल सरेन्डर रकमको ३५.५३ प्रतिशत हिस्सा नेपाल लाइफकै छ ।

यस्तै, कुल सरेन्डर रकममा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ९एलआइसी० को हिस्सा २२।०९ प्रतिशत छ । १० महिनामा एलआइसीको २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको १७ हजार २९६ पोलिसी बन्द भएका छन् । समिक्षा अवधिमा सन नेपाल लाइफको सबैभन्दा कम सन नेपाल लाइफको ५ करोड २३ लाख बराबरको ५४३ वटा पोलिसी सरेन्डर भएको छ ।

यता, राष्ट्रिय बीमा संस्थानको पनि ९० करोड २१ लाख रुपैयाँ बराबरका १० हजार ४८३ वटा पोलिसी, नेशनल लाइफको ७९ करोड ५२ लाख बराबरको ५ हजार ६७१ वटा, एयिशन लाइफको ६७ करोड ७० लाख रुपैयाँ बराबरको ७ हजार ९४३ वटा, सूर्यज्योति लाइफको ५८करोड १० लाख बराबरको ४ हजार २१९ वटा, हिमालयन लाइफको ५७ करोड ८९ लाख बराबरको ६ हजार ५०९ वटा पोलिसी सरेन्डर भएका छन् ।

यता, मेट लाइफको ३३ करोड ६१ लाख , सानिमा रिलायन्सको १६ करोड ५० लाख, प्रभु महालक्ष्मीको १४ करोड २१ लाख, सिटिजनको १२ करोड १६ लाख, आइएमई लाइफको १० करोड ५६ लाख, रिलायवल नेपालको ७ करोड ५७ लाख रुपैयाँ बराबरको सरेन्डर भएका छन् ।