स्वस्थ जीवनशैलीका लागि अपनाउनु पर्ने कुराहरु
जीवनलाई लामो समयसम्म बचाई राख्न स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ । स्वस्थ जीवनशैलीले शरिरमा उर्जाको काम गर्ने हुनाले यसले फूर्तिलो बनाउँछ। यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न ढिलाई गर्नु हुँदैन। सहजताको नाममा जीवनशैलीलाई परिवर्तन नगर्नु रोग निम्त्याउनु हो । स्वस्थ्य रहन स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ त्यसका केही आधारहरु यी हुन ।
१.निन्द्राः निन्द्रा स्वस्थ जीवनशैलीको प्रमुख पाटो हो। शरीरलाई आराम प्रदान गर्न निद्रा जरुरी हुन्छ । निद्राले शरिरलाई मात्र होइन मस्तिष्कलाई उर्जा दिन र अझै बढी फूर्तिलो बनाउन निन्द्रा आवश्यक हुन्छ। व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन्। सामान्यतया वयस्क मानिसले दैनिक आठ घण्टा अनिवार्य निदाउनु जरुरी हुन्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ।
२. पानीः पानीको कारण नै हरेक प्राणी, वनस्पती बाँचीरहेका हुन्छन । पानी नभई प्राणी मात्र होइन वनस्पती समेत बाँच्न सक्दैनन । खाना नभएर पनि मानिस धेरै दिन बाँच्न सक्दछ तर पानी नभए दुई दिन भन्दा बढी बाँच्न नसक्ने प्रमाणीत भइसकेको कुरा हो । त्यसैले पानीबिना जीवनको अस्तित्व नै असम्भव छ। मानिसको शरीर पानीले नै बनेको हुन्छ र शरीरमा बारम्बार पानी पूर्ति गर्नुपर्छ। यसका लागि सक्दो बढी पानी पिउनुपर्छ। पानीले शरीरबाट अनावश्यक उत्तेजक पदार्थ फाल्न सहयोग गर्छ। स्वस्थ रहन र अन्य रोगबाट बाँच्न पनि एक वयस्क मानिसलाई दैनिक कम्तिमा ५ लिटर पानी चाहिन्छ। पानीले शारीरिक र मानसिक रुपमा स्फूर्ति दिन्छ।
३. उचित भोजनः स्वस्थ जीवनशैलीका लागि अर्को आवश्यक तत्व हो स्वस्थ भोजन। यसका लागि स्वस्थ फलफुल, सागसब्जी, मासु, गेडागुडी नियमति उपभोग गर्नुपर्छ। उमेर बढ्दै गएपछि प्रोटिन, भिटामिन, क्याल्सीयम जस्ता पदार्थ भएका खानेकुराहरु बढी खानु पर्दछ । फाइबर युक्त खानेकुरा, गुडागुडीले तागत दिने काम गर्दछ । तर तेलीय, चिल्लोयुक्त, सोडियम बढी भएको खानेकुरा कहिल्यै खानुहुन्न।
४. व्यायामः स्वस्थ जीवनशैलीका लागि व्यायाम पनि एउटा महत्वपूर्ण पाटो हो। नियमित व्यायाम गरेर स्वास्थ्यसम्बन्धी केही समस्यामा सुधार ल्याउन सकिन्छ। ड्युक टुडेका अनुसार स्वस्थ भएर बाँच्न वयस्क मानिस कम्तिमा पनि आधा घन्टा व्यायाम गर्नुपर्छ।
५. सकारात्मक सम्बन्धः सकारात्मक सम्बन्ध र सकारात्मक सोचले जीवनलाई सहज बनाउने काम गर्दछ । जीवनमा सकारात्मक र मैत्रीपूर्ण सम्बन्धले मानिसको जीवनशैलीलाई अझै स्वस्थ बनाइदिन्छ। कतिपय मानिसले नकारात्मक सम्बन्धलाई महसुस गर्दैनन् जसका कारण उनीहरुमा शारीरिक रुपमा अस्वस्थ हुन्छन्। स्वस्थ जीवनशैलीका लागि सधैं सकारात्मक सम्बन्ध कायम गर्नुपर्छ।
६. विश्रामः कामको दैनिकीबाट केही समय विश्रामका लागि छुट्याउनु पर्दछ । दैनिक काममा केही क्षण विश्राम लिनु पनि स्वस्थ जीवनशैलीको अर्को महत्वपूर्ण पाटो हो। हरेक १ घण्टाको बसाइ भए ५ मिनेट उठेर हिँडडुल गर्ने, शारिरिक परिश्रम गरिरहेका छ भने ५ मिनेट विश्राम गर्नाले शरिरलाई उर्जा मिल्दछ ।
७. मानसिक स्वास्थ्यः मानिस स्वस्थ रहन मानसिक रुपमा समेत स्वस्थ रहन आवश्यक हुन्छ । मनमा चिन्ता नलिने धेरै एकोहोरो नसोच्ने, साथीभाईसँग, परिवारसँग घुलमिल भएर बस्ने, गफ गर्ने, बजार जाने सिनेमाहल जाने जस्ता कार्यले मानसिक स्वास्थ्य ठिक राख्न मद्धत गर्दछ । मानसिक स्वस्थ्य ठीक भएमा तपाईंको समग्र स्वास्थ्य जीवनशैलीमा सुधार आउछ। मानसिक पीडा र चिन्ताले शारीरिक रुपमा समेत असर गर्छ। योगा, ध्यान, व्यायामले मानसिक स्वास्थ्य ठीक गर्न मद्धत गर्दछ ।
८. ताजा हावा र सूर्यको घामः मानिस स्वस्थ भइरहन ताजा हावा अथवा अक्सिजनयुक्त हावा अनिवार्य हुन्छ भने सूर्यको किरणले शरिरलाई उर्जा प्रदान गर्छ त्यसकारण अफिस, कार्यालय, घर आदि ठाउँहरु ताजा हावा आवत जावत गर्ने गरि बनाउन उपयुक्त हुन्छ । जसले काममा जाँगर चलाई राख्न र स्वस्थ शरिर बनाइराख्न काम गर्दछ ।
९. नियमित स्वास्थ्य परीक्षण गर्नेः मानिसले हरेक छ महिनामा एकपटक स्वास्थ्य परिक्षण गर्दा राम्रो हुन्छ । यसले शरीरमा रोग लाग्न र लागिहाले चाँडै उपचार गर्न सम्भव बनाउँछ । नियमित परिक्षणले घातक रोगहरु लाग्नबाट समेत बचाउने हुनाले स्वस्थ्य जीवनशैलीका लागि नियमित स्वास्थ्य परिक्षण जरुरी हुन्छ ।