कर्जाको प्रलोभन देखाएर नबिल बैंकले पोल्ट्री व्यवसायी दिपेन्द्रलाई १८ महिना अल्झाउँदा २ करोड नोक्सानी (भिडियो पनि)

कर्जाको प्रलोभन देखाएर नबिल बैंकले पोल्ट्री व्यवसायी दिपेन्द्रलाई १८ महिना अल्झाउँदा २ करोड नोक्सानी (भिडियो पनि)
  • ३० असार २०८२, सोमबार १६:५५

काठमाडौं– चालु आर्थिक वर्ष २०७८÷७९ को ११ महिनामा नेपालका २० वाणिज्य बैंकहरूले कुल ५३ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्  । गत वर्षको तुलनामा कुल नाफामा ४.९७ प्रतिशतको वृद्धि भए पनि बैंकहरूबीच नाफाको भिन्नता देखिएको छ ।

mulpatra

नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरि १.१० प्रतिशत वृद्धि गरेको छ । तर यसै बैंकले एक पोल्ट्रि मार्ट व्यवसायीलाई कर्जा दिने प्रलोभनमा १८ महिना कुराएको छ । अन्तिममा उनले आफनो फार्ममा लगानी बढाउन खर्च गरेपछि नबिल बैंकको सुयविनायक भक्तपुर शाखा कार्यालयले कर्जा नदिएको उनको गुनासो छ ।

श्रेष्ठले पाँचखाल नगरपालिकास्थित ११ नम्बर वडामा २५ रोपेनी जग्गा लिएर पोल्ट्री फार्म सञ्चालन गरिहेका छन् । उनको फार्ममा ७० हजार बोइलर कुखुरा पाल्ने क्षमता भएको जग्गा किनेका थिए । हाल उनले ११ हजार बोइलर कुखुरा पालन गदै आएका छन् ।

व्यवसाय विस्तार गर्ने श्रेष्ठले नबिल बैंकको शाखामा कर्जाका लागि आवेदन दिए । तर बैंकले उनलाई १८ महिना कुराएर कर्जा नदिने भनेपछि गम्भीर र सार्वजनिक चासोको विषय भएको छ । यस्ता घटनाले व्यवसायीमा निराशा मात्र होइन, समग्र निजी क्षेत्रको बैंकप्रतिको विश्वास पनि घटेको छ ।

१८ महिना बैंक घुम्दा पनि कर्जा नपाएकाे व्यवसायी दिपेन्द्र श्रेष्ठको पोल्ट्री मार्टमा करिब २ करोड नोक्सानी भोग्नुपरेको छ ।

बैंकले प्रारम्भमा सकारात्मक संकेत दिएर कर्जा प्रक्रिया अघि बढाउने भन्यो तर लामो समयसम्म आवश्यक कागजात र मूल्याङ्कनका नाममा अल्झाइएर अन्तिममा कर्जा नदिएको व्यवसायी श्रेष्ठको आरोप छ ।

बैंकको ढिलाइका कारण उपकरण, संरचना निर्माण र पूर्वाधारमा लगानी गरेर पनि उत्पादनमा समस्या परेको छ । व्यवसायिक अवसर गुमाउनुका साथै ब्याज, मूल्य घटबढ, बिनायोजना खर्चजस्ता कारणले २ करोड नोक्सानी भएको उनको अनुमान छ । ‘बैंकले सुरुमा सहयोग गर्छौं भनेर आस देखायो । कर्जाको प्रलोभनमा जमिन किनेँ, संरचना बनाउने काम सुरु गरेँ । तर १८ महिना बित्दा पनि कर्जा स्वीकृत भएन । जसका कारण आफनो व्यवसायमा केही असर परेको छ ।’ उनले भने ।

विगत केही वर्षयता बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई कर्जा दिने वाचा गरेर वर्षौंसम्म प्रक्रियामा अल्झाउने प्रवृत्ति बढेको भन्दै व्यवसायीहरूले आपत्ति जनाउँदै आएका छन् । यसले व्यवसायिक जोखिम बढाउनुका साथै रोजगारी सिर्जनामा समस्या देखिएको उनको भनाइ छ ।

हाल वाणिज्य बैंकहरूको आर्थिक स्थिति मिश्रित छ—कुनै बैंकहरूले सुधार र वृद्धि गर्दै आर्थिक प्रगति गरिरहेका छन् भने अन्यले चुनौतीहरू भोगिरहेका छन् । आगामी समयका लागि बैंकहरूले रणनीति र व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यक देखिन्छ ।

पोल्ट्री व्यवसायी दिपेन्द्र श्रेष्ठसँग गरेको भिडियो कुराकानी