देउवापत्नी आरजुलाई जोगाउन सरकार परिवर्तन, लामिछानेसँग मुटु भए भ्रष्टाचारी पक्रिनुपर्छ : प्रसाई

देउवापत्नी आरजुलाई जोगाउन सरकार परिवर्तन, लामिछानेसँग मुटु भए भ्रष्टाचारी पक्रिनुपर्छ : प्रसाई
  • १८ असार २०८१, सोमबार ०९:२६

काठमाडौं– संसद्का दुई ठूला दल कांग्रेस र एमाले सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मका मुद्दामा सहमति नजिक पुगेका छन् । यस विषयमा छलफल गर्न शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली शृंखलाबद्ध भेटवार्तामा छन् । दुई नेताको बैठकले वर्तमान सत्ता गठबन्धनका माओवादी र रास्वपालाई दबाबमा सिर्जना भएको छ ।

mulpatra

स–साना दलहरू मिलाएर सरकार चलाउँदा अस्थिरता बढेको र जनमानसमा प्रणालीप्रति वितृष्णा बढेको भन्दा पनि सत्ताको चाबी हातमा लिन एमाले–कांग्रेस अघि बढेका मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई बताउँछन् ।

ओली र कांग्रेस सभापति देउवाबीच शनिबार ओली निवास बालकोटमै करिब दुई घण्टा वार्ता भएको थियो । वार्तामा देउवा पत्नी आरजु पनि सहभागी थिइन् । अहिले आरजुलाई सबैभन्दा ठुलो चिन्ता भुटानी नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्छु भन्ने भएको प्रसाईको दाबी छ । प्रसाईकाअनुुसार राजनीतिक व्यक्तिहरूसँग कनेक्सन बनाइदिएका बेचन झा पक्राउ परेसँगै आरजुलाई अझ तनाव थपिएको हो । कांग्रेसले एमालेसँग सरकार बनाउन खोज्नुको मुख्य कारण नै देउवा पत्नीलाई जोगाउनु भएको प्रसाईले जानकारी दाबी छ ।

mulpatra mulpatra mulpatra

प्रसाईले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एक दिन सत्ता हुँदा ठुला भ्रष्टाचारीका फाइल खोज्नु पर्छ । यो नैतिक देखाए भने उनलाई जनताले फेरी पत्याउछन् । नत्र उनीपनि भ्रष्टाचारका ठूला फाइल केही दिनमै खोल्छु भन्ने नेतामा सिमित हुने प्रसाईले जानकारी दिए । ‘भ्रष्टाचारका ठूला फाइल लुकाउन सरकार परिवर्तन भइरहेको छ । यसमा नयाँ शक्तिका रुपमा आएका राश्वपा र राप्रपाले पनि साथ दिदै आएका छन् । त्यसका फाइदा सत्तामा बसेर भ्रष्टाचार गर्नेमाथि पुगेको छ ।’

पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा २०८० वैशाखमै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी फरार रहँदै आएका थिए । उनी पक्रिएजस्तै आरजु र अन्य भ्रष्टाचारीलाई समाउन पर्ने प्रसाईको माग छ ।

भ्रष्टाचारी, चोर, गुण्डा, बिचौलिया, कमिसनखोरी, आर्थिक विकास र सामाजिक विकृति सुधारको मखुण्डो भित्र छिपेर राजनीतिक गरिरहेका छन् । यस्तो प्रवृद्धि परिवर्तन नगरेसम्म नेपालको मुहार नफेरिने प्रसाईले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

देश बिगार्ने र विखण्डन गर्ने तत्वहरुलाई निर्मुल पार्दै धर्म र संस्कृति जोगाउनको लागि स्वच्छ वातावरण स्थापित गर्ने आफु लागेको प्रसाई बताउँछन् ।

भ्रष्टाचारी नै भ्रष्टाचारविरोधीजस्ता देखिन खोजे । नयाँ भनिएकाको पनि अवस्था देखियो । हामी नयाँ ढंगले अगाडि बढ्नुको विकल्प शक्तिका रुपमा आफनो महाअभियान आएको छ । जनताको अवस्था बदल्न, भ्रष्टाचार निवारण गर्न र सुशासन कायम गर्न मैले गरेको आन्दोलन अहिले अहिले क्रान्तिका रुपमा उदाउँदै हामी हाम्रा एजेन्डा स्थापित गर्न लागि परेको प्रसाईले बताए ।